Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगकोकाकोला मेन्टरसिपको विजेता घोषणा

कोकाकोला मेन्टरसिपको विजेता घोषणा


काठमाडौं । कोकाकोला नेपालले सक्षम २.० ‘योङ्ग उमन आन्टरप्रनियुर्स एक्सेलेरेटर एन्ड मेन्टरसिप प्रोग्राम’का विजेताहरूको नाम घोषणा गरेको छ । कम्पनीले एटेलियर प्लेटफर्मसँगको साझेदारीमा सो कार्यक्रम आयोजना गरेको थियो ।

सो कार्यक्रममा डुलुवा आउटडोर्सकी मेनुका गुरुङ, लर्नर्स रुमकी राशी महर्जन र सकल नेचुरो मल्टिपर्पस क्लिनर सरला महर्जनलाई विजेता घोषित गरिएको थियो । विजेता प्रत्येकले जनही एक लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका थिए । टप तीन विजेतालाई उनीहरूको इनिसिएटिभलाई अगाडि बढाउन र लक्ष्यको नजिक ल्याउन मद्दत पु-याउन समान आर्थिक सहयोग प्रदान गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यो कार्यक्रम कोकाकोला नेपालको उमन इम्पावरमेन्ट प्रोग्राम, सक्षमको एक महत्वपूर्ण भाग बन्न सफल भएको कम्पनीको भनाइ छ । जसले नेपालमा महिला नेतृत्वको स्टार्टअप र सम्भावित उद्यमलाई व्यापक सहयोग र मार्गदर्शन प्रदान गर्ने लक्ष्य राखेको छ ।

यस कार्यक्रमका लागि काठमाडौं, पोखरा र चितवन जिल्लाका गरी ८० भन्दा बढी महिला उद्यमीले आवेदन दिएका थिए । आवेदकमध्येबाट इनोभेटिभ कन्सेप्ट तथा आईडिया सफल हुने सम्भावनाको आधारमा आठ फाइनलिस्टहरू छनोट गरिएको थियो । फाइनलिस्टहरूमा छनोट हुनेमा वृन्दा दिवान–केहिक्राफ्ट्स, मेनुका गुरुङ– डुलुवा आउटडोर्स, प्रकृति बस्याल– साउथ एण्ड साउथ इस्ट प्रोजेक्ट, राशी महर्जन– लर्नर्स रुम, रोजिना बराल– सर्चड्, सरला महर्जन–बायो–इन्जाइम्स, शान्ति राई– ग्रीनस्पेस नेपाल र यजु महर्जन–स्वच्छ महिनावारी रहेका थिए ।

काठमाडौंको माया मनोर बुटिक होटल, हात्तीसारमा भएको सक्षम तालिम कार्यक्रममा महिला उद्यमीका विभिन्न नवीन अवधारणा र व्यावसायिक योजनाहरू दक्ष प्रोफेसनलको प्रतिष्ठित निर्णायक मण्डलमा प्रस्तुत गरिएको थियो । जजहरूको प्यानलमा कटन मिल नेपालका संस्थापक प्रसन्ना बस्नेत, कोकाकोला बेभरेज नेपालका पब्लिक अफेयर्स, कम्युनिकेसन एन्ड सस्टेनेबिलिटी डिरेक्टर स्नेह राजभण्डारी र केजीएच ग्रुपको एग्जेक्युटिव डिरेक्टर त्रिशाग्नी शाक्य रहेका थिए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया