एनसेलले जित्यो ‘अर्गनाइजेसनल मार्केटिङ एक्सिलेन्स अवार्ड २०२३’
काठमाडौं । एनसेल आजियाटा लिमिटेडले प्रतिष्ठित अर्गनाइजेसनल मार्केटिङ एक्सिलेन्स अवार्ड २०२३ जित्न सफल छ । एनसेल मार्केटिङ डोमेन इन्स्टिच्युसनल क्याटेगोरीअन्तर्गत यो अवार्ड २०२३ बाट सम्मानित भएको हो ।
राजधानीमा आयोजित सातौं सेल्स समिट २०२३ मा अर्गनाइजेसनल सेल्स एक्सिलेन्स अवार्डका निर्णायक मण्डलका सदस्य आशीष तिवारीले एनसेलका सेल्स म्यानेजर अभय कुमार निधिलाई सो अवार्ड प्रदान गरेका थिए । यो अवार्डले कम्पनीले सेल्स तथा मार्केटिङ कार्यसम्पादनमा देखाएको निरन्तरको उत्कृष्टतालाई झल्काउने दाबी गरेको छ । कम्पनीका अनुसार यो अवार्ड कम्पनीले उत्कृष्ट बिक्री नतिजा प्राप्तिका लागि गरेका प्रयासहरू, बजारको परिवर्तनशील गतिशीलतालाई अनुकूलन गर्ने क्षमता र ग्राहकको अपेक्षाअनुसार निरन्तर गरेका कार्यहरूको सम्मान रहेको जनाएको छ ।
एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले कम्पनीले सेल्स र मार्केटिङको क्षेत्रमा उद्योगलाई प्रेरित गर्दै र इनोभेसनलाई बढावा दिँदै ग्राहकलाई उत्कृष्ट सेवा अनुभव प्रदान गर्न जारी राख्ने बताए । विभिन्न विधाअन्तर्गतका अवार्ड विजेताहरू निश्चित मापदण्डभित्र रही निर्धारण गरिएका थिए । अवार्ड समारोह ग्रोथ सेलर्स प्रालिको स्वायत्त सहायक संस्था ग्रोथ लिडरसिप एकेडेमीले आयोजना गरेको थियो ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया