Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगएसियन पेन्ट्सद्वारा आर्किटेक्चर र इन्टेरियर डिजाइनका विजेता घोषणा

एसियन पेन्ट्सद्वारा आर्किटेक्चर र इन्टेरियर डिजाइनका विजेता घोषणा


काठमाडौं । एसियन पेन्ट्स नेपालले आर्किटेक्चर एण्ड इन्टेरियर डिजाइन स्टुडेन्ट्स कम्पिटिसन २०२२/२३ का विजेताहरूको घोषणा गरेको छ । कम्पनीले आइतबार होटल सोल्टीमा एक कार्यक्रमको आयोजना गरी विजेताहरूको नाम घोषणा गरेको हो ।

कम्पनीका अनुसार आर्किटेक्ट कलेजबाट प्रतियोगिताको विजेता आईओई, थापाथली क्याम्पसका सन्दीप तण्डुकार भए भने इन्टेरियर डिजाइन कलेजबाट कान्तिपुर इन्टरनेसनल कलेजकी निलिमा प्रधान भएकी छन् । विजेता दुवैले एसियन पेन्ट्सबाट ७० हजार नगद पुरस्कार प्राप्त गरेको कम्पनीले जनाएको छ । यस्तै, प्रतियोगितामा फस्ट रनरअपमा आर्किटेक्ट कलेजबाट एक्मी इन्जिनियरिङ कलेजका अनमोल भण्डारी र इन्टेरियर डिजाइन कलेजबाट आईईसी कलेज अफ आर्ट एण्ड फेसनकी क्याथी मुननकर्मी भए । उनीहरू दुवैले ४० हजार नगद पुरस्कार प्राप्त गरेको पेन्ट्सले जनाएको छ । यस्तै, आईओई थापाथली क्याम्पस (आर्किटेक्ट कलेज) का युनिश भट्ट क्षेत्री र कान्तिपुर इन्टरनेसनल कलेज (इन्टेरियर डिजाइन कलेज)की श्रीजा आचार्य एसियन पेन्ट्सबाट ३० हजार नगद पुरस्कार जित्दै सेकेन्ड रनरअप भएका थिए ।

यस्तै, कम्पनीले चार सान्त्वना पुरस्कार पनि प्रदान गरेको छ । काठमाडौं विश्वविद्यालयको स्कुल अफ इन्जिनियरिङकी मानशी श्रेष्ठ, आईओई थापाथली क्याम्पसकी रुची खकुरेल, आईईसी कलेज अफ आर्ट एण्ड फेसनकी नम्रता पन्त र आईईसी कलेज अफ आर्ट एण्ड फेसनकी रुचिता महर्जनलाई सो पुरस्कार प्रदान गरिएको हो । उनीहरूले एसियन पेन्ट्सबाट १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे । यस संस्करणको आर्किटेक्ट र इन्टेरियर डिजाइन दुवैका लागि विजेताहरूलाई प्यानलद्वारा छनोट गरिएको थियो । शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीले विजेताहरूलाई पुरस्कार प्रदान गरेकी थिइन् ।

एसियन पेन्ट्स नेपालले विगत १० वर्षदेखि नेपालका प्रतिभाशाली आर्किटेक्टहरू र इन्टेरियर डिजाइनर प्रवर्द्धन र आशाजनक प्रतिभाहरू प्रदर्शन गर्न यस किसिमको कार्यक्रम गर्दै आएको छ । आर्किटेक्चरका विद्यार्थीका लागि २०२२/२३ को प्रोजेक्ट कास्की, पोखराको ‘पोखरा मोन्युमेन्टल पार्क’ थियो भने इन्टेरियर डिजाइनका विद्यार्थीहरूका लागि ‘बुटिक होटल’ थियो । यो राष्ट्रियस्तरको प्रतियोगिताको आठौँ संस्करण हो, जहाँ २०७४ ब्याच र २०७५ ब्याचका कुल गरेर ५१ विद्यार्थीहरूले ११ आर्किटेक्चरल र दुई इन्टेरियर डिजाइन कलेजहरूबाट भाग लिएका थिए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया