ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा ताम्रकारको उम्मेदवारी घोषणा
काठमाडौं । ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा रविन्द्रराज ताम्रकारले उम्मेदवारी घोषणा गरेका छन् । ताम्रकारले मंगलबार पत्रकार सम्मलेनको आयोजना गरी औपचारिकरूपमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।
संघको आगामी असोज १९ र २० गते हुने ४४ औँ साधारणसभामा नेतृत्व चयन हुनेछ । सो निर्वाचनका लागि संघका पूर्ववरिष्ठ उपाध्यक्ष समेत रहेका ताम्रकारले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । ललितपुर उद्योग वाणिज्य संघको विभिन्न तहमा रहेर करिब तीन दशक निजी क्षेत्र तथा उद्योग व्यवसायीको हितमा आफूले काम गरेको उनले बताए । संघमा २०५१ सालमा सदस्यता लिएपश्चात् विभिन्न कार्यमा समावेश भएर उल्लेख्य काम गर्दै आएको उनको भनाइ थियो । उनले संघको दुई कार्यकालमा कार्यसमिति सदस्य तथा संगठन विस्तार तथा प्रचारप्रसार संयोजक, एक÷एक कार्यकाल प्रथम उपाध्यक्ष र वरिष्ठ उपाध्यक्ष भएर काम गरेको बताए ।
तामा पित्तल व्यवसायमा संलग्न उनले संघले आयोजना गर्ने मेला महोत्सवमा समेत महत्वपूर्ण जिम्मेवारी लिएर काम गर्दै आएको बताए । व्यवसायीको अतिरिक्त ललितपुरको धार्मिक, सांस्कृतिक र सामाजिक विशेषतालाई संरक्षण र प्रवद्र्धन गर्ने कार्यमा समेत आफू दत्तचित भएर लागेको उनको भनाइ छ । संघमा २८ वर्षभन्दा बढी समयदेखि विभिन्न पदमा रहेका निर्वाह गरेको सक्रिय भूमिका र विगतमा संघमा रहेर उद्योगी, व्यवसायीको हितमा गरेको काम र खेलेको भूमिकाको आधारमा संघको विशेषता, चुनौती र अवसरलाई सूक्ष्मरूपमा केलाउने सक्ने, अग्रज र अनुभवीहरूलाई साथसाथै लिएर नयाँ पुस्तालाई पनि समेटेर जान सक्ने क्षमता आफूसँग रहेको उनको दाबी छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 8
ताजा अपडेट
- थाई एयर एसियाको उडान निलम्बित
- ऊर्जामन्त्री र उद्योगमन्त्रीसँग काटिएको लाइन जडान गर्न आग्रह
- गैरआवासीय नेपालीका लागि लगानीको वातावरण बनाउन सरकार प्रतिबद्ध छ: मन्त्री भण्डारी
- मुन्दुम पदमार्गमा पर्यटकको चाप बढ्दो
- २६ सय १७ बिन्दुमा खुम्चियो शेयर बजार
- प्रविधिको विकाससँगै फौजदारी न्याय प्रणालीमा चुनौती थपिँदै
- ‘कर्मचारी दर्पण’ लोकार्पण
- फोनपोइन्ट्ससँग इ–सेवाको प्रारम्भिक साझेदारी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया