Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगस्विजरल्याण्डको प्रसिद्ध आइसक्रिम ‘मुभएनपिक’ अब नेपालमा

स्विजरल्याण्डको प्रसिद्ध आइसक्रिम ‘मुभएनपिक’ अब नेपालमा


काठमाडौं । उत्कृष्ट स्विस शिल्प कौशल र शतप्रतिशत प्राकृतिक सामग्री प्रयोग गर्ने प्रतिबद्धताका लागि प्रख्यात, मुभएनपिक आइसक्रिम नेपाली बजारमा उपलब्ध भएको छ ।

केएल दुगड समूहद्वारा आयात गरिएको सो आइसक्रिमले प्रिमियम आइसक्रिम सेगमेन्टका लागि नयाँ मापदण्ड सेट गर्ने दाबी गरिएको छ । कम्पनीका अनुसार यसले कुनै कृत्रिम तत्व, स्वाद वा स्टेबिलाइजरविना शुद्धताको वास्तविक सारलाई मूल रूप दिन्छ ।

साथै, काठमाडौंको ठमेलस्थित ठमेल– द कर्नरमा यसको पहिलो आउटलेटको उद्घाटन समेत गरिएको छ । सो स्टोर दैनिक बिहान ११ बजेदेखि राति ११ बजेसम्म खुला रहने छ । साथै, शुक्रबार र शनिबार राति दुई बजेसम्म खुला रहने बताइएको छ । यो स्टोर आइसक्रिम उत्साहीका लागि अबेर रातिको लोकप्रिय गन्तव्य बन्ने कम्पनीको विश्वास छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया