दशौं ‘नेपाल भर्चुअल एजु फेयर’ सुरु
काठमाडौं । दशौँ नेपाल भर्चुअल एजु फेयर सुरु भएको छ । नेपाल भर्चुअल एजुकेसन प्रालिको आयोजनामा मंगलबारदेखि भर्चुअल एजु फेयर सुरु गरेको हो । स्नातक तहका व्यवस्थापन आईटी, इन्जिनियरिङलगायतका विभिन्न विभागका प्रोग्रामहरू सञ्चालन गरेका कलेजहरूले भर्चुअल एजु फेयरमार्फत आफ्नो कलेजको प्रमोसन गर्ने अवसर पाएका छन् भने स्नातक तहमा पढ्ने तयारी गरेका, प्लस टु पास भएका विद्यार्थीले कुन प्रोगाम र कुन कलेज आफ्नो लागि उपयुक्त हुन्छ भनेर घरमै बसीबसी भर्चुअल टुरमार्फत जानकारी प्राप्त गर्ने अवसर प्राप्त गर्ने बताइएको छ ।
साथै, नेपाल एजु फेयरमा रजिस्ट्रेसन भएका विद्यार्थीले विभिन्न कलेजमा पूर्ण र आंशिक दुवै खालको छात्रवृत्ति समेत प्राप्त गर्न सक्ने अवसर पनि रहेको आयोजकले जनाएको छ । नेपाल भर्चुअल एजु फेयरका एकेडेमिक हेड राजेन्द्रप्रसाद अधिकारीका अनुसार आर्थिकरूपमा विपन्न तर पढाइमा राम्रो गरेका जेहन्दार अनि विभिन्न क्षेत्र, जात र समुदायका सयौंँ विद्यार्थीलाई एजु फेयरको सहयोगबाट छात्रवृत्ति प्रदान गरिनेछ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया