सुुनसरी मोरङ करिडोरमा तीन अर्बको लागतमा नयाँ उद्योग सञ्चालन
विराटनगर । सुनसरी मोरङ औद्योगिक करिडोर क्षेत्रमा करिब तीन अर्ब बढीको लगानीमा फलाम उद्योगको युनिट सञ्चालनमा आएको छ । उद्योगी तथा व्यवसायीहरूले पछिल्लो समय मुलुकको लगानी वातावरणप्रति असन्तुष्टि जनाइरहेका बेलामा यो फलाम उत्पादन गर्ने युनिट स्थापना भएको हो ।
गोल्छा अर्गनाइजेसनले सुनसरीस्थित खनारमा मल्टी पर्पस मेल्टिङ युनिट सञ्चालनमा ल्याएको उद्योगी राजलक्ष्मी गोल्छाले जानकारी दिएकी छन् । करिडोरको खनारमा गोल्छा अर्गनाइजेसनको हुलास वायर इन्डस्ट्रिजले तीन अर्ब लगानीमा फलाम उत्पादन युनिट सञ्चालनमा ल्याएको हो । दैनिक चार सय टन फलामे डण्डी र अढाइ सय टन एचआरसिट तथा पाइप उत्पादन गर्ने गरी मल्टी पर्पस मेल्टिङ युनिट सञ्चालनमा आएको गोल्छाले जानकारी दिइन् । यो उद्योग स्थापनासँगै सुनसरी मोरङ औद्योगिक क्षेत्रमा करिब पाँच सयभन्दा बढीलाई रोजगारी समेत पाउने छन् ।
यो युनिटले फलामे बिलेटबाट टीएमटी छड, एङ्गल र आईबीम तयार गर्छ । त्यस्तै, एमएस सिटबाट राउण्ड पाइपर स्क्वायर पाइप तयार गर्छ । हुलास वायरले यसअघि मोरङको बुढीगंगामा जीआई तार, काँटी, तामापित्तलको सिट, काँडेतार, ग्यावलिङ बक्स उत्पादन गर्दै आएको थियो । उद्योगकी निर्देशक युक्ति गोल्छाले नयाँ युनिटमा चाँडै १५ टनको भट्टी र कपर (तामा) मिलमा पनि थप भट्टी थप्ने योजना आफूहरूको भएको बताइन् । उनको उद्योगका दुई युनिट बुढीगंगा र दुहबीमा गरी एक हजारभन्दा बढीले अहिले पनि रोजगारी पाइरहेका छन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 8
ताजा अपडेट
- थाई एयर एसियाको उडान निलम्बित
- ऊर्जामन्त्री र उद्योगमन्त्रीसँग काटिएको लाइन जडान गर्न आग्रह
- गैरआवासीय नेपालीका लागि लगानीको वातावरण बनाउन सरकार प्रतिबद्ध छ: मन्त्री भण्डारी
- मुन्दुम पदमार्गमा पर्यटकको चाप बढ्दो
- २६ सय १७ बिन्दुमा खुम्चियो शेयर बजार
- प्रविधिको विकाससँगै फौजदारी न्याय प्रणालीमा चुनौती थपिँदै
- ‘कर्मचारी दर्पण’ लोकार्पण
- फोनपोइन्ट्ससँग इ–सेवाको प्रारम्भिक साझेदारी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया