Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगडाबर नेपालको ह्यान्ड स्यानिटाइजर बजारमा

डाबर नेपालको ह्यान्ड स्यानिटाइजर बजारमा


काठमाडौं, वैशाख २१
डाबर नेपालले डाबर इन्सटेन्ट ह्यान्ड स्यानिटाइजर बजारमा ल्याएको छ । कम्पनीले हरेक घरको स्वास्थ्य र भलाइलाई मध्यनजर गर्दै अल्कोहल बेस्ड ह्यान्ड स्यानिटाइजर बजारमा ल्याएको हो । ८० प्रतिशत अल्कोहोल भएको उक्त स्यानिटाइजरले डीडीएका सबै मापदण्ड पूरा गरेको कम्पनीले जनाएको छ । प्रारम्भिक चरणमा प्रमुख सुपरमार्केट र ई–कमर्स साइटहरुमा मात्रै उपलब्ध हुने यस स्यानिटाइजरले साबुनपानीको प्रयोगविना नै हानिकारक किटाणुहरुबाट सुरक्षा दिन्छ । हाल १५० एम एल स्यानिटाइजरको बजार मूल्य १ सय ७५ रुपैयाँ छ । डाबर इन्सटेन्ट ह्यान्ड स्यानिटाइजरको प्रयोगले उपभोक्ताहरुलाई धेरै किसिमका प्राणघातक भाइरसहरुबाट सुरक्षा दिने कम्पनीको दाबी छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x