नेपाल र चीनबीच लगानी एवम् व्यावसायिक सम्बन्ध विस्तारमा जोड
काठमाडौं । नेपाल उद्योग परिसंघले नेपाल र चीनबीच लगानी एवम् व्यावसायिक सम्बन्ध विस्तारमा जोड दिएको छ । परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल नेतृत्वको प्रतिनिधिमण्डलले नेपालका लागि चिनियाँ राजदूत छन सोङसंग भेट गरी लगानी एवम् व्यावसायिक विस्तारका विषयमा छलफल गरेका हुन् ।
परिसंघका अध्यक्ष अग्रवालले चीन नेपालको विकासको महत्वपूर्ण साझेदार रहेको भन्दै नेपालको पूर्वाधार क्षेत्रमा चिनियाँ सहकार्यको आवश्यकता रहेको बताए । पूर्वाधार, प्रविधि हस्तान्तरण, सीप, पर्यटनलगायतका क्षेत्रमा चिनियाँ लगानी एवम् सहकार्यलाई उच्च प्राथमिकता दिन उनले जोड दिए । विद्युतीय व्यापारका माध्यमबाट नेपाली वस्तु चिनियाँ बजारमा पु-याउन सहयोग गर्न समेत उनले आग्रह गरे । भेटमा अध्यक्ष अग्रवालले परिसंघ र चाइना काउन्सिल फर प्रमोसन अफ इन्टरनेसनल ट्रेड (सीसीपीआईटी) बीचको सहकार्यमा नेपालमा देखिने गरी काम गर्न लागेको समेत राजदूत सोङलाई जानकारी गराएका थिए ।
सो अवसरमा चिनियाँ राजदूत सोङले नेपालसँग भएको आफ्नो ऊर्जा र स्रोतमार्फत देश विकास गर्न सक्ने बताए । त्यसका लागि दीर्घकालीन विकास रणनीति आवश्यक रहेको उनको भनाइ थियो । उनले ऊर्जा क्षेत्रलाई प्राथमिकता दिँदै नेपालले विद्युतीय प्रयोग बढाउनुपर्नेमा सुझाव समेत दिए । त्यसले आयात प्रतिस्थापनमा सहयोग गर्ने उनको भनाइ थियो । चीन र भारतको बीचमा भएर सानो देखिए पनि नेपाल सानो मुलुक नभएको उनले बताए । परिसंघले औद्योगिक विकासका लागि काम गर्दै आएको उल्लेख गर्दै उनले नेपालको औद्योगिक विकासका लागि चीनले सहयोग गर्ने प्रतिबद्धता समेत जनाए ।
सो अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहालको आसन्न चीन भ्रमणका विषयमा समेत छलफल भएको थियो । छलफलमा परिसंघका निवर्तमान अध्यक्ष विष्णुकुमार अग्रवाल, उपाध्यक्षहरू निर्वाण चौधरी, हेमराज ढकाल, रोहित गुप्ता, अमित मोर, पदाधिकारी सदस्यहरू छाया शर्मा, गोकुल भण्डारी, महानिर्देशक दीपकराज जोशीलगायत सहभागी थिए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- चीन र नेपालको सम्बन्ध जनस्तरमा विस्तार आवश्यक: वरिष्ठ उपाध्यक्ष पोखरेल
- पूर्वप्रधानमन्त्री खनालद्वारा पूर्वसभामुख ढुङ्गानाको निधनप्रति दुःख प्रकट
- राजकीय सम्मानका साथ पूर्वसभामुख ढुङ्गानाको अन्त्येष्टि गर्ने सरकारको निर्णय
- अर्घाखाँची सिमेन्ट उद्योगका सञ्चालकहरूविरुद्ध फौजदारी मुद्दा
- राष्ट्र बैंकले एक वर्षमा कमायो ७३ अर्ब ७६ करोड सरकारलाई ३७ अर्ब दिने
- ‘शंकास्पद कारोबारमा विद्यार्थीको संलग्नता बढी देखियो’
- मानव तस्करीमा राज्यका दुई विशिष्ट पदाधिकारी: एक जेलमा अर्का पदमा !
- कर्णालीमा आठ पदमा ४४ उम्मेदवारको मनोनयन दर्ता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया