टीभीएसको इलेक्ट्रिक स्कुटर सार्वजनिक हुँदै
काठमाडौं । टीभीएसका लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले आफ्नो इलेक्ट्रिक स्कुटर टीभीएस आइक्युब सार्वजनिक गर्ने भएको छ । कम्पनीले यही भदौ २६ गतेदेखि सुरु हुने नाडा अटो सोमा सो स्कुटर सार्वजनिक गर्न लागेको जनाएको छ । कम्पनीको यस विद्युतीय स्कुटरले नेपालीको दैनिक आवतजावतलाई अझै सहज बनाउँदै सहरी दैनिकीमा एउटा गेम चेन्जरको रूपमा स्थापित हुने विश्वास कम्पनीले लिएको छ ।
जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताले यो स्कुटरले पर्यावरण र कुशल सहरी गतिशीलताप्रति कम्पनीको प्रतिबद्धतालाई प्रतिनिधित्व गर्ने बताए । तीन किलोवाटको बलियो बीएलडीसी हब मोटरको प्रयोग गरिएको यस टीभीएस आइक्युबको पर्फमेन्स उत्कृष्ट रहेको कम्पनीले जनाएको छ । चार दशमलव ४० किलोवाटको अधिकतम पावर र १४० एनएम म्याक्सिमम् टर्क भएकाले आइक्युबले भीडभाड भएको ट्राफिकमा समेत स्पिड र एजिलिटी प्रदान गर्छ । यस स्कुटरको टप स्पिड ७८ किलोमिटर प्रतिघण्टा रहेको छ ।
टीभीएस आइक्युबको तीन दशमलव शून्य चार केडब्ल्युएच लिथियम–आयन ब्याट्रीले एक चार्जमा ७५ देखि १०० किलोमिटरसम्मको रेन्ज प्रदान गर्ने बताइएको छ । पाँच घण्टामा शतप्रतिशतसम्म चार्ज हुन सक्ने टीभीएस आइक्युबमा पोर्टेबल चार्जर पनि आउँछ । चालकले आफ्नो आवश्यकताअनुसार पावर अथवा इको मोडमा यस स्कुटरलाई चलाउन सक्ने बताइएको छ । आइक्युबमा टीभीएस एनटर्क सिरिजका स्कुटरजस्तै स्मार्ट कनेक्ट फिचर समेत उपलब्ध रहेको कम्पनीले जनाएको छ । चालकले स्कुटरसँग आफ्नो स्मार्टफोन ब्लुटुथद्वारा कनेक्ट गरेर आगमन कल÷एसएमएस अलर्ट, न्याभिगेसन, म्युजिक प्लेयर कन्ट्रोल, अन्तिम पार्क गरिएको ठेगाना तथा एन्टी–थेप्टजस्ता स्मार्ट फिचरहरू पनि यस स्कुटरले प्रदान गरेको छ ।
यस स्कुटरमा टेलिस्कोपिक फोर्क र ट्विन हाइड्रोलिक एबजरबर सस्पेन्सन प्रयोग गरिएको छ । यस टीभीएस आइक्युबको सिटको उचाइ ७७० एमएमको रहेको छ भने ग्राउन्ड क्लियरेन्स १५० एमएमको रहेको बताइएको छ । त्यस्तै, यसको तौल ११७ किलोग्राम रहेको छ भने डिजाइन पनि हल्का र युजर–फ्रेण्ड्ली रहेको छ । यो नयाँँ टीभीएस आइक्युब इलेक्ट्रिक स्कुटर नाडा अटो सोभर टीभीएसको स्टलमा प्रदर्शन गरिने कम्पनीले जनाएको छ । सहभागीले स्टलमा आएर यसका सुविधाहरू एक्सप्लोर गर्ने र टेस्ट ड्राइभ गर्ने अवसर समेत पाउनेछन् । टीभीएस आइक्युब इलेक्ट्रिक स्कुटर वातावरणप्रति सचेत आधुनिक सहरी यात्रुहरूको लागि व्यावहारिक छनोट भएको कम्पनीले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- राजकीय सम्मानका साथ पूर्वसभामुख ढुङ्गानाको अन्त्येष्टि गर्ने सरकारको निर्णय
- अर्घाखाँची सिमेन्ट उद्योगका सञ्चालकहरूविरुद्ध फौजदारी मुद्दा
- राष्ट्र बैंकले एक वर्षमा कमायो ७३ अर्ब ७६ करोड सरकारलाई ३७ अर्ब दिने
- ‘शंकास्पद कारोबारमा विद्यार्थीको संलग्नता बढी देखियो’
- मानव तस्करीमा राज्यका दुई विशिष्ट पदाधिकारी: एक जेलमा अर्का पदमा !
- कर्णालीमा आठ पदमा ४४ उम्मेदवारको मनोनयन दर्ता
- पृथ्वीराजमार्ग दैनिक साढे चार घण्टा बन्द
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया