फोर्स अरबानीया नेपालमा सार्वजनिक गरिने
काठमाडौं । नेपालका लागि फोर्स मोटर्सको आधिकारिक आयातकर्ता आयाम इन्टरकन्टिनेटल प्रालिले अरबानीया माइक्रो बसको अनावरण गर्ने भएको छ ।
भारतमा अत्यधिक माग रहेको मानिने फोर्स कम्पनीको अरबानीया माइक्रो बसको नाडा अटो सोमा अनावरण तथा बुकिङ्ग खुला गरी बिक्री वितरण शुभारम्भ गरिने कम्पनीले जनाएको छ । यस बस नेपालमा आयातित माइक्रोबसमध्यमा सबैभन्दा प्रिमियम सुविधायुक्त रहेको छ भने कारजस्तै आरामदायी र सुविधासम्पन्न रहेको कम्पनीको भनाइ छ । विशेषतः पर्यटन तथा होटल व्यवसायी, टुर्स एन्ड ट्राभल्स, ठूला कम्पनीहरू, कूटनीतिक निकायहरू, सरकारी तथा गैरसरकारी संस्थाका लागि यो माइक्रोबस उपयुक्त हुने कम्पनीको दाबी छ । यो माइक्रोबस विश्वप्रसिद्ध मर्सिडिज बेन्जको डिजाइनमा बनेको तथा सोही कम्पनीको इन्जिन, गेयरबक्स तथा एक्सल जडान गरिएको छ ।
अरबानीया सुरक्षाका दृष्टिकोणले सम्पूर्ण रेटिङहरूमा अब्बल मानिएको छ । ड्युल एअर ब्यागयुक्त यस गाडीमा एरोडाइनामिक क््रयास एण्ड रोलोबर प्रोटेक्सन, डबल स्किन बडी कन्सट्रक्सन, स्टाइलिस डीआरएल हेड ल्याम्प, न्यु ट्रान्सफर लिफ, ट्रिपल ए÷सी सिस्टम, अलराउण्ड भिजिबिलिटी स्क्रिन, टेलिसकोपिक स्टेरिङ, हरेक सिटमा आइफोन तथा एन्ड्रोइड दुवैका लागि चार्जिङ पोर्टको व्यवस्था रहेको छ । यस्तै, यसमा सेन्ट्रलडोर लकिङ विथ रिमोट किलेस इन्ट्री, हिल होल्ड कन्ट्रोल, क्यामरा बेस रिभर्स पार्क सिस्टम, फलोमी होम फिचर स्टेरिङ कोलुमजस्ता अत्याधुनिक विशेषहरू समेत यस बसमा रहेका छन् । साथै, यसमा लेटेस्ट जेनेरेसनको एबीएस तथा ईएसपीजस्ता अन्य आधुनिक सुरक्षा प्रणाली समेत जडान भएको छ ।
आकर्षक र सुविधा सम्पन्न माइक्रोबस भएकाले एकपटक यात्रा गरेपछि पुनः यात्राका लागि रोजाइमा पर्ने कम्पनीको दाबी छ । स्लाइडिङ डोरसहितको तीन ढोकायुक्त यो बसमा १४ र १८ सिट क्षमतामा उपलब्ध छन् । यस गाडीमा ठूलो सिङ्गल विन्डो रहेकाले आकर्षक दृश्यको अवलोकन गर्न सकिन्छ । यस बसको सुरुवाती मूल्य ८२ लाख ९९ हजार रुपैयाँ रहेको छ । यो मूल्य केही समयको लागि मात्र लागू हुने समेत कम्पनीले जानकारी गराएको छ । साथै, नाडा अटो सोमा बुकिङ गर्नेका लागि आकर्षक छुट सुविधा समेत उपलब्ध हुने कम्पनीले जनाएको छ । फोर्स मोटर्सको नेपालका २२ वटा प्रमुख स्थानमा डिलर तथा सर्भिस सेन्टरहरू रहेका छन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- अर्घाखाँची सिमेन्ट उद्योगका सञ्चालकहरूविरुद्ध फौजदारी मुद्दा
- राष्ट्र बैंकले एक वर्षमा कमायो ७३ अर्ब ७६ करोड सरकारलाई ३७ अर्ब दिने
- ‘शंकास्पद कारोबारमा विद्यार्थीको संलग्नता बढी देखियो’
- मानव तस्करीमा राज्यका दुई विशिष्ट पदाधिकारी: एक जेलमा अर्का पदमा !
- कर्णालीमा आठ पदमा ४४ उम्मेदवारको मनोनयन दर्ता
- पृथ्वीराजमार्ग दैनिक साढे चार घण्टा बन्द
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- देशभरका मालपोत कार्यालयले उठाए दुई अर्ब ७० करोड राजस्व
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया