एमजी कमेट ईभी र एमजी ४ ईभी बजारमा
काठमाडौं । एमजी गाडीको लागि नेपालका लागि आधिकारिक वितरक एवम् आयातकर्ता पारामाउन्ट मोटर्सले नेपाली बजारमा एमजी कमेट ईभी र एमजी ४ ईभी सार्वजनिक गरेको छ ।
नेपाली बजारमा बढ्दो विद्युतीय सवारीको भीडमा यी दुई मोडल नयाँँ नाम रहेको कम्पनीको दाबी छ । पारामाउन्ट मोटर्सका जेनेरल म्यानेजर सचिन अर्यालले स्टाइलिस, प्राक्टिकल र आफ्नो बजेटमा गाडी किन्न चाहने ग्राहकका लागि यी दुई मोडलहरू उपयुक्त रहेको बताए । उनका अनुसार एमजी कमेट ईभी भारतमा बनेको आकर्षक मूल्यको विद्युतीय गाडी हो, जसले सिङ्गल चार्जमा दुई सय ३० किलोमिटरको रेन्ज दिने बताइएको छ । यसमा १७ दशमलव तीन किलोहर्जको ब्याट्री र ३१ दशमलव २६ किलोवाटको मोटर रहेको छ । एमजी कमेट ईभीमा यात्रुको सुरक्षाका लागि आईपी ६७ रेटेड ब्याट्री, डुअल फ्रन्ट एयर ब्याग, पछाडि पट्टी पार्किङ सेन्सर र सबै यात्रुको लागि सिट बेल्टहरू राखिएको छ । सुविधा र सहजताको लागि एमजी कमेट ईभीमा एलसीडी स्क्रिन, रिमोट सेन्ट्रल लकिङ, म्यानुअल एसी र हिटरजस्ता सुविधाहरू रहेका छन् ।
एमजी कमेट ईभीको सुरुवाती मूल्य १७ लाख ९९ हजार रुपैयाँ रहेको छ भने एमजी कमेट ईभी प्ले र पेस गरी दुई वटा भेरिएन्टमा उपलब्ध छ । त्यस्तै, एमजीले कमेट ईभीको हाइभोल्टेज कम्पोनेन्टमा एक लाख किलोमिटरसम्म तीन वर्षको वारेन्टी दिएको छ भने हाइभोल्टेज ब्याट्रीमा एक लाख २० हजार किलोमिटरसम्म आठ वर्षको वारेन्टी दिएको छ ।
यस्तै, एमजी चार ईभी कम्फर्ट र लक्जरी गरी दुई भेरियन्टमा उपलब्ध रहेको छ । एमजी कम्फर्ट ईभीको ब्याट्री क्षमता ५१ किलोहर्ज र ९९ किलोवाटको मोटर रहेको छ । त्यस्तै, एमजी लक्जरी ईभीको ब्याट्री क्षमता ६४ किलोहर्ज र एक सय ५० किलोवाटको मोटर रहेको छ । एमजी ४ ईभीको मुख्य आकर्षण भनेको इन्डिभिजुअल सस्पेन्सन र रियर ह्विल ड्राइभ हो । एमजी ४ ईभीले सिङ्गल चार्जमा चार सय ३५ किलोमिटरसम्मको रेन्ज दिन सक्ने कम्पनीको दाबी छ । राम्रो ह्यान्डिलिङ र ट्रयाक्सनको लागि एमजी ४ ईभीमा रियर ह्विल लेआउट राखिएको छ । त्यस्तै, यात्रुहरूको सुरक्षाको लागि रियर आइसोफिक्स, फ्रन्ट साइड एयर ब्याग, टायर प्रेसर मनिटरिङ सिस्टम, सिट बेल्ट रिमाइन्डरजस्ता फिचरहरू रहेका छन् भने सुविधा र सहजताको लागि मोबाइल फोन ब्लुटुथ कि, पाँच वटा डाइभिङ मोडजस्ता फिचरहरू रहेका छन् ।
एमजी ४ ईभीको लागि हाइभोल्टेज ब्याट्रीमा एक लाख ५० हजार किलोमिटरसम्म ८ वर्षको वारेन्टी दिएको छ भने हाइ भोल्टेज कम्पोनेन्टमा एक लाख किलोमिटरसम्म तीन वर्षको वारेन्टी दिएको छ । त्यस्तै, एमजी ४ कम्फर्ट ईभीको सुरुवाती मूल्य ४१ लाख ४९ हजार रहेको छ भने एमजी लक्जरी ईभीको सुरुवाती मूल्य ५८ लाख ९९ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ । रहेको छ । एमजिका यी दुवै इभिमा टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, रिभर्सिङ क्यामरा र आवश्यक सेफ्टी फिचरहरु रहेका छन् । यी दुवैमा एमजिले आफ्टर सेल्स सर्भिस र एक वर्षको वारेन्टि प्रदान गरेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- अर्घाखाँची सिमेन्ट उद्योगका सञ्चालकहरूविरुद्ध फौजदारी मुद्दा
- राष्ट्र बैंकले एक वर्षमा कमायो ७३ अर्ब ७६ करोड सरकारलाई ३७ अर्ब दिने
- ‘शंकास्पद कारोबारमा विद्यार्थीको संलग्नता बढी देखियो’
- मानव तस्करीमा राज्यका दुई विशिष्ट पदाधिकारी: एक जेलमा अर्का पदमा !
- कर्णालीमा आठ पदमा ४४ उम्मेदवारको मनोनयन दर्ता
- पृथ्वीराजमार्ग दैनिक साढे चार घण्टा बन्द
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- देशभरका मालपोत कार्यालयले उठाए दुई अर्ब ७० करोड राजस्व
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया