Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगमहिला चेम्बरको तीज मेला

महिला चेम्बरको तीज मेला


काठमाडौं । नेपाल चेम्बर अफ कमर्सअन्तर्गत गठित नेपाल महिला चेम्बरले तीजलाई लक्षित गरी ‘ट्रेड सो तीज स्पेसल २०२३’ को आयोजना गरेको छ । महिला उद्यमीद्वारा उत्पादन गरिएका विविध सामग्रीहरूको प्रदर्शन तथा बिक्री प्रवर्द्धन गर्ने हेतुले आयोजना गरिएको महिला चेम्बरले जनाएको छ ।

उक्त मेलाको नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले उद्घाटन गरेका थिए । कार्यक्रममा अध्यक्ष मल्लले मेलाले महिलाहरूको उद्यमशीलताको विकास तथा सामाजिक, सांस्कृतिक तथा आर्थिक क्रियाकलापहरूमा महिलाको सहभागितामा वृद्धि हुने बताए । महिलाहरू आर्थिकरूपमा सशक्त भएमा मात्र मुलुकले आर्थिक समृद्धि हासिल गर्न सक्ने उनको भनाइ थियो । महिला चेम्बरका महासचिव तथा मेला संयोजक लिमा अधिकारीले मेलामा २५ जना महिला उद्यमीहरूको सहभागिता रहेको जानकारी दिइन् । मेलामा सांगितिक कार्यक्रम, फेसन सो नृत्यलगायतका कार्यक्रम समावेश गरिएका थिए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया