Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगसोलुखुम्बुको कोशीपारिका गाउँपालिकासँग सडक सम्पर्क विच्छेद

सोलुखुम्बुको कोशीपारिका गाउँपालिकासँग सडक सम्पर्क विच्छेद


महेन्द्र शाही
सोलुखुम्बु, वैशाख २३
सोलुखुम्बुको कोशीपारिका गाउँपालिकासँग सडक सम्पर्क टुटेको छ । निरन्तरको वर्षाका कारण दूधकोशी नदीमा पानीको वहाव बढेपछि सडक सञ्जाल टुटेको हो । ह्विम पाइप राखेर सवारी आवतजावत गरिए पनि पानीको वहाव बढेपछि सवारी आववगमन रोकिएको हो । जिल्लाका दुई गाउँपालिका सोताङ र महाकुलुङ गाउँपालिका सदरमुकाम सल्लेरीसँग सडक सञ्जालबाट विमुख भएका हुन् ।

जिल्लाको थुलुङ दूधकोशी र सोताङ गाउँपालिकाको सिमाना रहेको दिप्ली घाटमा राखिएको ह्युम पाइप बिग्रेपछि दुई गाउँपालिकासँगको सिधा सडक सम्पर्क टुटेको छ । दूधकोशी नदीमा मोटरेबल पुल नहुँदा यस क्षेत्रका स्थानीयहरुको वर्षात्को समयमा सदरमुकामसँगको सम्पर्क टुट्ने गरेको छ । यस क्षेत्रका नागरिकलाई जिल्लामा सदरमुकामसँग जोडने ह्विम पाइप एक मात्र विकल्प रहँदै आएको छ ।

गत शुक्रबार रातिदेखि परेको भारी वर्षाका कारण कोशी नदीमा वहाव बढेकाले ह्विम पाइप तितरवितर बनाएकाले सवारी आवागमन रोकिएको स्थानीय व्यापारी खेमराज खत्रीले जानकारी दिए । खत्रीका अनुसार ह्विम पाइप बिग्रिएसँगै कोशीपारिका क्षेत्रमा सदरमुकामसँगको सिधा सवारी सञ्चालन टुटेको छ । नदिनको वहाव बढेसँगै गाडीहरु वारिको वारि र पारिको पारि नै रोकिएको खत्रीको भनाइ छ । सडक अवरुद्ध भए पनि सोताङ आयल निगम डिपोमा इन्धन बोकेर सल्लेरीबाट गएको गाडी समेत बीच बाटोमै अलपत्र परेको डिपो सञ्चालन सन्तोष विश्वकर्माले बताए । खाद्यान्नलगायत सामग्री बोकेका सवारी दिप्लीघाटभन्दा वारि नै रहेका छन् ।

थुलुङ दूधकोशी गाउँपालिकाका अध्यक्ष असिम राईले पानीको वहाव अत्यधिक बढेकाले ह्विम पाइपबाटै सवारी सञ्चालन गर्न सकिने अवस्था न्यून रहेको बताएका छन् । दिप्लीघाटमा हुगा खोलाको पानी पनि मिसिएर आउने भएकाले वहाव बढेकाले सवारी सञ्चालनमा समस्या हुने गरेको छ । यो समयम हिउँ पग्लेर पानीको वहाव बढ्ने भए पनि यो वर्ष भने वर्षा भएको पानीको वहाव बढेको हो । पानीको वहाव बढेका कारण थुलुङ दूधकोशी गाउँपालिकाको जुबु र लोखिम जोड्ने बर्खुघाटमा राखिएको ह्विम पाइप पनि निकालिएको छ । पानीको वहावले बगाउने भएकाले पाइप निकालिएको गाउँपालिकोले जनाएको छ । ह्विम पाइप निकालिए पनि सो क्षेत्र पनि जिल्ला सदरमुकामबाट सिधा सवारी सम्पर्कबाट विच्छेद भएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x