नाडा अटो सोमा ७६ हजार दर्शकले गरे अवलोकन
काठमाडौं । टाटा मोटर्स जेनुइन आयलद्वारा प्रायोजित नाडा अटो सो २०२३ मा ७६ हजारभन्दा बढी दर्शकले अवलोकन गरेको आयोजकले जनाएको छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा भदौ २६ देखि ३१ गतेसम्म चलेको १५ औँ संस्करणको नाडा अटो सोमा ७६ हजार दर्शकले अवलोकन गरेको बताइएको छ ।
उत्कृष्टरूपमा शृङ्गारिएका स्टल र अन्तर्राष्ट्रियरूपमा नाम चलेका लेटेस्ट मोडेलका सवारी साधनहरूका कारण यो प्रदर्शनी निकै भव्यरूपमा सम्पन्न भएको नाडाले जनाएको छ । थुप्रै नयाँ ब्रान्डका सवारी साधनका कारण प्रदर्शनीमा निकै ठूलो भिड समेत लागेको थियो । यो अटो सो विगतमा भन्दा निकै भव्य र बृहत् भएको अवलोकनकर्ताले समेत टिप्पणी गरेका छन् । देशमा चलेको आर्थिक मन्दीका बाबजुद आयोजना गरिएको यो अटो सोले देशको अर्थ व्यवस्थालाई चलायमान बनाउन सहायकसिद्ध भएको नाडाका अध्यक्ष डा धुव्र थापाले बताए ।
त्यसैगरी प्रदर्शनीमा उत्कृष्ट चारपाङ्ग्रे सवारीको स्टल साइमेक्स इंक (बीवाईडी) प्रालिले जितेको छ भने उत्कृष्ट दुईपाङ्ग्रे सवारी साधनतर्फको स्टल अग्नि मोटोनिक (जावा) प्रालिले जितेको छ । त्यसैगरी लाइट कमर्सियल भेहिकलको बेस्ट स्टल एवार्ड आयाम इन्टरनेसनल प्रालि (फोर्स मोटर्स) ले र बेस्ट सर्पोटिङ स्टलको बेस्ट एवार्ड पौडेल इन्टरप्राइजेज (लिक्विइमोली स्टुडोजले) जितेको छ । नाडाले उत्कृष्ट स्टलको छनोट गर्न तीन सदस्यीय छनोट समिति समेत गठन गरेको थियो ।
१५ औँ संस्करणको नाडा अटो सोका सहप्रायोजकमा शिखर इन्स्योरेन्स, टिकेटिङ पार्टनरमा खल्ती, अफिसियल इन्टरनेट पार्टनरमा वल्डलिङ्कले गरेको थियो । यस वर्षको थप आकर्षणमा याडिया इलेक्ट्रिक स्कुटरले लक्की ड्र गरी एक जना भाग्यशाली अवलोकनकर्तालाई उपहार दिने व्यवस्था समेत गरेको थियो । नाडा अटो सो २०२३ व्यवस्थापन समितिका अनुसार डोरप्राइज पाउने टिकट नम्बर ९७३१ रहेको छ । विजेताले आफनो टिकटसहित नाडाको सचिवालय टेकुमा सम्पर्क गर्न सक्ने बताइएको छ ।
यस्तै, अटो सोको समापनमा प्रदर्शनीमा सहभागी एक सय २० कम्पनीलाई क्रमशः मोमेण्टो समेत वितरण गरिएको थियो । नाडाका अनुसार उक्त प्रदर्शनीको ट्राफिक व्यवस्थापनको कार्य काठमाडौं उपत्यका ट्राफिक प्रहरी महाशाखाले गरेको थियो ।
क्याटेगोरी : अटो बजार, कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- प्रमको चीन भ्रमणमा विशिष्टीकृत अस्पतालको एजेण्डा समावेश गर्न प्रस्ताव
- मङ्सिर १५ गते ‘टुर दी बाँके नेसनल पार्क’ को आयोजना
- ऐतिहासिक चन्दन भराटेश्वर महादेव मन्दिर परिसरमा पूर्वाधार निर्माण थालियो
- नेपाल र बङ्गलादेशबीच जलवायुका विषयमा सहकार्यकोे महत्व छ: मन्त्री शाही
- कांग्रेस आकस्मिक बैठक: शोक प्रस्ताव पारित, दुई दिन आधा झण्डा झुकाउने
- पूर्वसभामुख ढुङ्गानाप्रति देउवाद्वारा श्रद्धाञ्जली अर्पण
- प्रधानमन्त्री ओलीद्वारा पूर्वसभामुख ढुङ्गानाप्रति श्रद्धाञ्जली अर्पण
- आर्जन सहकारीको सम्पूर्ण सूचक सकारात्मक
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया