Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगफुडमान्डुले न्यूनतम अर्डर रकमको नीति हटायो

फुडमान्डुले न्यूनतम अर्डर रकमको नीति हटायो


काठमाडौं । फुड डेलिभरी कम्पनी फुडमान्डुले पाँच सय रुपैयाँको न्यूनतम अर्डर रकमको नीति हटाएको छ । साथै, छोटो दूरीमा हुने फुड डेलिभरी शुल्क पनि घटाएको फुडमाण्डुले जनाएको छ । अब ग्राहकले पाँच सय रुपैयाँभन्दा कमको पनि अर्डर गर्न सक्ने बताइएको छ । यस्ता अर्डरमा डेलिभरी शुल्क ५० रुपैयाँ मात्रै लाग्ने कम्पनीले जनाएको छ ।

ग्राहकको सुझावलाई मध्यनजर गर्दै फुडमान्डुले सो नीति परिवर्तन गरेको हो । अब ग्राहकले जतिसुकै रकमको अर्डर गर्न सक्ने बताइएको छ । साथै, फुडमान्डुले आफ्नो डेलिभरी शुल्कको नीतिमा पनि परिवर्तन गरेको छ । जसले गर्दा छोटो दूरीबाट अर्डर गर्ने ग्राहकलाई फाइदा पुग्ने कम्पनीको विश्वास छ । हालसम्म उपभोक्ताले छोटो दूरीको डेलिभरीका लागि पनि ५० रुपैयाँको न्यूनतम डेलिभरी शुल्क तिर्नुपर्ने थियो । परिवर्तित नीतिअनुसार अब एक दशमलव पाँच किलोमिटरसम्मको दूरीका लागि २५ रुपैयाँ र सोभन्दा माथिको दूरीका लागि थप २५ रुपैयाँप्रति किलोमिटर तिर्नुपर्ने हुन्छ । यद्यपि एक हजार रुपैयाँभन्दा बढीको अर्डरका लागि भने जतिसुकै लामो दूरीमा पनि बढीमा ७५ रुपैयाँ डेलिभरी शुल्क तोकिएको फुडमान्डुका संस्थापक तथा प्रबन्ध निर्देशक मनोहर अधिकारीले जानकारी दिए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया