Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगहृयाकरहरूको सम्मेलन ‘थ्रेटकन थ्रेट्कन’

हृयाकरहरूको सम्मेलन ‘थ्रेटकन थ्रेट्कन’


काठमाडौं । ह्याकरहरूको सम्मेलन ‘थ्रेटकन थ्रेट्कन २०२३’ सम्पन्न भएको छ । साइबर सुरक्षा फर्म थ्रेटनिक्सले हालै राजधानीमा तीन दिने ह्याकरको वर्कसप तथा सम्मेलन कार्यक्रमहरू आयोजना गरेको थियो ।

सो कार्यक्रममा ‘क्याम्चर द फ्ल्याग’ (सीटीएफ) प्रतियोगिता समेत भएको थियो । उक्त प्रतियोगितामा विभिन्न कलेज तथा आईटी कम्पनीहरूलाई प्रतिनिधित्व गर्दै कुल ३८ समूहको सहभागी रहेको थियो । सोमध्ये उत्कृष्ट पाँच समूह (पहिलोदेखि पाँचौँ)मा सफ्टवेरिका कलेजको विद्यार्थीहरू पर्न सफल भए । प्रथम हुने समूहले १० हजार रुपैयाँ नगद पुरस्कार र १६०० डलर (करिब २ लाख १४ हजार रुपैयाँ) बराबरको ओएससीपी प्रमाणपत्र (पीईएन २०० कोर्ष, ल्याबमा ९० दिनको पहुँच र परीक्षा) प्राप्त गर्न सफल भए । दोस्रो हुने समूहले साढे सात हजार रुपैयाँ नगद सहित २०३ डलर (करिब २७ हजार) बराबरको प्रतिष्ठित ह्याक दि बक्स (एचटीबी) को एक वर्षसम्म भीआईपी पहुँच र छ महिनाका लागि १६८ डलर (करिब २२ हजार रुपैयाँ) बराबरको दुई ओटा भीआईपी सब्सक्रिप्सन हात पारे ।

यस्तै, तेस्रो हुने समूहले पाँच हजार नगद पाए । साथै ह्याक दी बक्सको एक वर्षसम्म भीआईपी पहुँच र छ महिनाका लागि ८४ डलर (करिब ११ हजार रुपैयाँ) बराबरको एउटा भीआईपी सब्सक्रिप्सन पाए । वार्षिकरूपमा आयोजना हुने यो कार्यक्रम साइबर सुरक्षा र ह्याकिङमा रूचि राख्नेहरूको रूचिको केन्द्र बनेको आयोजकको दाबी छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 7

तपाईको प्रतिक्रिया