दरबारमार्गमा फर्कियो केएफसी
काठमाडौं । केएफसी नेपालको दरबारमार्ग स्टोर पुनः सञ्चालनमा आएको छ । आधुनिक तथा रमणीय वातावरणसहित खानाको उत्कृष्ट अनुभूति दिलाउने उद्देश्यले केएफसीको दरबारमार्गस्थित स्टोर निर्माणपश्चात् पुनः सञ्चालनमा आएको हो ।
दरबारमार्ग शाखा नेपालमा खुलेको केएफसीको पहिलो स्टोर समेत हो । सन् २००९ को नोभेम्बर २५ मा दरबारमार्गस्थित केएफसी स्टोरको सञ्चालनसँगै नेपालमा केएफसी ब्राण्डको प्रवेश भएको थियो । यसैबीच केएफसी नेपालले बहुप्रतिक्षित डबल डाउन बर्गर (अल चिकेन–नो बन) नेपालभर रहेका आफ्नो स्टोरमा उपलब्ध गराउन सुरु गर्ने भएको छ । नेपालमा पर्वहरूको यामलाई लक्षित गर्दै पुनः डबल डाउन बर्गर ग्राहकहरू समक्ष पूराउने निर्णय केएफसीले गरेको छ ।
साथै, ग्राहकहरूको अनुभवलाई अभिवृद्धि गर्नका लागि छिट्टै नै दरबारमार्ग स्टोरमा स्वचालितरूपमा अर्डर गर्न सकिने सेल्फ–अर्डरिङ कियोस्क मेसिन जडान गरिने कम्पनीले जनाएको छ । आउँदो चाडपर्वको अवसरमा केएफसी नेपालले पाँच सय २९ रुपैयाँमा डबल डाउन बर्गर ल्याएको छ । उक्त लोकप्रिय प्रोडक्ट सीमित समयका लागि मात्रै ल्याइने कम्पनीले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
- प्रमको चीन भ्रमणमा विशिष्टीकृत अस्पतालको एजेण्डा समावेश गर्न प्रस्ताव
- मङ्सिर १५ गते ‘टुर दी बाँके नेसनल पार्क’ को आयोजना
- ऐतिहासिक चन्दन भराटेश्वर महादेव मन्दिर परिसरमा पूर्वाधार निर्माण थालियो
- नेपाल र बङ्गलादेशबीच जलवायुका विषयमा सहकार्यकोे महत्व छ: मन्त्री शाही
- कांग्रेस आकस्मिक बैठक: शोक प्रस्ताव पारित, दुई दिन आधा झण्डा झुकाउने
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया