Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगचोकोफनको ‘ओन्ली चोकोफन’ अभियान

चोकोफनको ‘ओन्ली चोकोफन’ अभियान


काठमाडौं । सुजल फुड्स प्रालिले आफ्नो उत्कृष्ट उत्पादन चोकोफनको नयाँ विज्ञापन अभियान सुरु गरेको छ । ओन्ली चोकोफन भन्ने सन्देश बोकेको यस विज्ञापन अभियानलाई आकर्षक ढंगले प्रस्तुत गरिएको कम्पनीको दाबी छ ।

चोकोफन देशकै पहिलो र ओरिजिनल चकलेट भएको कम्पनीको दाबी छ । यसको मीठो स्वाद हरेक बालबालिकाको मनमनमा बसेको र यस विज्ञापन अभियानमार्फत बालबालिकाको हरेक रमाइला पललाई चोकोफनको साथले मात्र पूर्णता मिल्छ भन्ने सन्देश दिइएको छ । बालबालिकाले यस विज्ञापनलाई आफ्नो वास्तविक बाल्यकालसँग चित्रण गर्ने बताइएको छ । उनीहरूको दैनिकी जीवनमा हुने विभिन्न मीठा पलहरूलाई नै समेटेर ओन्ली चोकोफन विज्ञापनमा देखाइएको कम्पनीले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया