‘सामसङ मोबाइल च्याप्पै, स्कुटर झ्याप्पै’ अफर
काठमाडौं । सामसङ नेपालले दशैंलाई उल्लासमय बनाउन ‘सामसङ मोबाइल च्याप्पै, स्कुटर झ्याप्पै’ अफर ल्याएको छ । सामसङको मोबाइल वा ट्याब्लेट खरिद गर्दा हरेक दिन उपहारमा दुई लाख ३३ हजार नौ सय रुपैयाँ मूल्य बराबरको टीभीएस एनटर्क एक सय २५ सीसी जित्ने अवसर पाइने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार २५ दिनमा २५ जना विजेताले उक्त उपहार प्राप्त गर्ने बताइएको छ । योजनाअन्तर्गत सामसङ स्मार्टफोन र सामसङ ट्याब्लेट किन्ने जोकोही ग्राहक यस योजनामा सहभागी बन्न सक्नेछन् । शनिबारको दिन भने यो योजना लागू हुने छैन । शनिबार यो योजना नभए पनि शनिबारको दिन प्रवद्र्धन योजनामा सहभागी भएका ग्राहकको नाम आइतबार गरिने लक्की ड्रमा सामेल गरिने कम्पनीले जनाएको छ । योजना अवधिभरमा जम्मा २५ जना भाग्यशाली विजेताको नाम सार्वजनिक गरिने कम्पनीले जनाएको छ । यो योजना २०८० असोज ५ गते सुरु भई २०८० कार्तिक ३ गतेसम्म कायम रहने कम्पनीले जनाएको छ । यद्यपि ग्राहकले मंगलबारदेखि नै यस योजनामा सहभागी बन्न पाउनेछन् ।
मंगलबारदेखि असोज ५ सम्म प्राप्त भएका इन्ट्रीलाई असोज ५ गते हुने लक्की ड्रमा एकसाथ समावेश गरिनेछ । लक्की ड्र सातामा दुई पटक इमेज च्यानलको म्युजिक अफ योर च्वाइस कार्यक्रममा प्रस्तुत गरिनेछ ।
यस योजनामा सहभागी हुन सामसङ स्मार्टफोन वा ट्याब्लेट खरिद गरेपश्चात् खरिद गरिएको उपकरणको सिरियल नम्बर प्राप्त गर्न स्टार ह्याक्स ०६ ह्याक्स डायल गनुपर्नेछ । सोपश्चात् सामसङ लेखी एक स्पेस दिएर सिरियल नम्बर टाइप गरी ३१००१ मा एसएमएस गरी इन्ट्री गर्नुपर्ने कम्पनीले जनाएको छ । विजयी सिरियल नम्बरको घोषणा इमेज च्यानलमार्फत् गरिने लाइभ लक्की ड्रमा गरिने र सो परिणाम भोलिपल्ट सामसङको अफिसियल फेसबुक पेजमा पनि पोस्ट गरिनेछ ।
साथै, कम्पनीले सामसङ स्मार्टफोन वा ट्याब्लेट खरिदमा इन्स्टा फाइनान्स सुविधा पनि दिएको छ । यसअन्तर्गत मासिक किस्तामा शून्य प्रतिशत ब्याजदरका साथ किन्ने पाइने बताइएको छ । देशभरमा रहेका तीन सयभन्दा बढी सामसङ इन्स्टा फाइनान्स सुविधा रहेको आउटलेटका साथै २२ वटा सामसङ एक्सपेरिएन्स स्टोरबाट सजिलैसँग यो अफर लिन सकिने छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
- प्रमको चीन भ्रमणमा विशिष्टीकृत अस्पतालको एजेण्डा समावेश गर्न प्रस्ताव
- मङ्सिर १५ गते ‘टुर दी बाँके नेसनल पार्क’ को आयोजना
- ऐतिहासिक चन्दन भराटेश्वर महादेव मन्दिर परिसरमा पूर्वाधार निर्माण थालियो
- नेपाल र बङ्गलादेशबीच जलवायुका विषयमा सहकार्यकोे महत्व छ: मन्त्री शाही
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया