‘गजबको गोडरेज, कमालको अफर’ योजना
काठमाडौं । होम अप्लाएन्स तथा रेफ्रिजेरेटर ब्रान्ड गोडरेजले यसपालिको दशैं, तिहार तथा छठलाई लक्षित गर्दै गोडरेजको ‘गजबको गोडरेज, कमालको अफर’ नामक योजना सार्वजनिक गरेको छ ।
यस योजनाअन्तर्गत ग्राहकले गोडरेजका विभिन्न होम एप्लाएन्सको खरिदमा आकर्षक क्यासब्याक विशेष उपहार प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । यस कमालको अफरमा ग्राहकले कुनै पनि गोडरेजको सामानको खरिदमा २५ प्रतिशतसम्मका अधिकतम छुट र अन्य आकर्षक उपहारहरू पाउन सक्ने छन् । कम्पनीका अनुसार फ्रन्ट लोड वासिङ मेसिनको खरिदमा छ केजी एरियल म्याटिक वासिङ पाउडर तथा टप लोड वासिङ मेसिन र सेमी अटोमेटिक वासिङ मेसिनको खरिदमा तीन लिटर एरियल म्याटिक वासिङ लिक्विड प्राप्त गर्न सकिनेछ । त्यसैगरी ग्राहकले गोडरेजको साइड बाइ साइड रेफ्रिजरेटर खरिद गर्दा सिजीको इन्डक्सन चुलो सित्तैमा प्राप्त गर्न सक्नेछन् भने सिंगल तथा डबल डोर रेफ्रिजरेटरको खरिदमा आकर्षक क्यासब्याक प्राप्त गर्नेछन् ।
साथै, गोडरेजको चेस्ट फ्रिजरको खरिदमा समेत आकर्षक क्यासब्याकको व्यवस्था रहेको छ । माइक्रोवेभ ओवनमा भने अतिउपयोगी कुकिङ किट पाउन सकिने कम्पनीले जनाएको छ । त्यस्तैगरी एयर कन्डिसनर खरिद गर्ने उपभोक्ताका लागि कम्पनीले सित्तैमा जडान गरिदिने भएको छ । यसका साथै, कम्पनीले समान खरिद गर्ने ग्राहकका लागि फ्रि डेलिभरी, फ्रि इन्स्टलेसन सुविधा पनि प्रदान गरेको छ । त्यसैगरी शून्य प्रतिशतमा फाइनान्स सुविधा, पुराना भएका सामान फेरबदल गरी नयाँ सामान लान चाहने ग्राहकका लागि एक्सचेन्ज अफर सुविधा समेत रहेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
- प्रमको चीन भ्रमणमा विशिष्टीकृत अस्पतालको एजेण्डा समावेश गर्न प्रस्ताव
- मङ्सिर १५ गते ‘टुर दी बाँके नेसनल पार्क’ को आयोजना
- ऐतिहासिक चन्दन भराटेश्वर महादेव मन्दिर परिसरमा पूर्वाधार निर्माण थालियो
- नेपाल र बङ्गलादेशबीच जलवायुका विषयमा सहकार्यकोे महत्व छ: मन्त्री शाही
- कांग्रेस आकस्मिक बैठक: शोक प्रस्ताव पारित, दुई दिन आधा झण्डा झुकाउने
- पूर्वसभामुख ढुङ्गानाप्रति देउवाद्वारा श्रद्धाञ्जली अर्पण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया