भिभोको स्मार्टफोनहरूमा प्रि–फेस्टिभल अफर
काठमाडौं । भिभोले आफ्ना तीन वटा नयाँ स्मार्टफोनहरूमा दशैँ–तिहार विशेष प्रि–फेस्टिभल अफरहरूको घोषणा गरेको छ । प्रि–फेस्टिभल अफरहरू सीमित स्मार्टफोनहरूमा सीमित अवधिका लागि मात्रै ल्याएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार यो अफर सेप्टेम्बर महिनाको अन्त्यसम्म मात्र उपलब्ध हुनेछन् । यी आकर्षक अफरहरू स्मार्टफोन भी २७ फाइभजी, ट्रेन्ड सेटिङ वाई ३६ र स्टाइलिस वाई ०२ मा लागू हुनेछ । अफरअन्र्तगत कम्पनीले यी तीन वटा फोनको मूल्य घटाएको हो । ५८ हजार नौ सय ९९ रुपैयाँ मूल्य रहेको भिभो भी २७ फाइभजी स्मार्टफोन अफर अवधिभर घटेको नयाँ मूल्य ५६ हजार नौ सय ९९ रुपैयाँमा उपलब्ध हुने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार भिभो भी२७ फाइभजीमा फ्ल्यागसिप सोनी आईएमएक्स सात सय ६६ भी सेन्सर क्यामेरा, ५०एमपी अटोफोकस सेल्फी क्यामेरा, एक सय २० हर्ट्जको थ्रिडी कर्भ स्क्रिन, ४६ सय एमएएच ब्याट्री रहेको छ । आठ जीवी -याम र दुई सय ५६ जीवी स्टोरेजको यस स्मार्टफोनमा ६६वाटको फ्ल्यासचार्ज, इन–डिस्प्ले फिंगरप्रिन्ट सेन्सर समेत रहेको छ ।
यस्तै, अफरअन्तर्गत कम्पनीले वाई ३६ मूल्य पनि घटाएको छ । २८ हजार नौ सय ९९ रुपैयाँ पर्ने यो फोन अब २७ हजार नौ सय ९९ रुपैयाँमा पाइने भएको छ । भिभो वाई ३६ मा फेन्टासी फ्रेम र प्रिमियम क्रिस्टल ग्लास, गोल्डेन रिपल प्रोसेस र दुई सय पाँच डी फ्ल्याट फ्रेम, ४४ वाटको फ्ल्यासचार्ज र पाँच हजार एमएएचको ब्याट्री रहेको छ । यसमा क्वालकम स्न्यापड्रेगन छ सय ८० प्रोसेसर, ५० एमपी एचडी मुख्य क्यामेरा र दुई एमपी बोकेह क्यामेरा, १६ एमपी एचडी फ्रन्ट पोट्र्रेट क्यामेरा र फनटच ओएस १३ रहेको छ ।
भिभो वाई ०२ को मूल्य पनि १३ हजार चार सय ९९ रुपैयाँबाट घटाएर १२ हजार नौ सय ९९ रुपैयाँ बनाइएको कम्पनीले जनाएको छ । यो फोनमा छ दशमलव ५१ इन्च एचडी प्लस आई प्रोटेक्सन स्क्रिन, पाँच हजार एमएएच ब्याट्री, तीन जीवी ¥याम र ३२ जीवी इन्टरनल स्टोरेज, पाँच एमपी अटोफोकस फ्रन्ट क्यामेरा र आठ एमपी रियर क्यामेरा रहेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
- प्रमको चीन भ्रमणमा विशिष्टीकृत अस्पतालको एजेण्डा समावेश गर्न प्रस्ताव
- मङ्सिर १५ गते ‘टुर दी बाँके नेसनल पार्क’ को आयोजना
- ऐतिहासिक चन्दन भराटेश्वर महादेव मन्दिर परिसरमा पूर्वाधार निर्माण थालियो
- नेपाल र बङ्गलादेशबीच जलवायुका विषयमा सहकार्यकोे महत्व छ: मन्त्री शाही
- कांग्रेस आकस्मिक बैठक: शोक प्रस्ताव पारित, दुई दिन आधा झण्डा झुकाउने
- पूर्वसभामुख ढुङ्गानाप्रति देउवाद्वारा श्रद्धाञ्जली अर्पण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया