Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगआइसर मेगा सर्भिस क्याम्प सकियो

आइसर मेगा सर्भिस क्याम्प सकियो


काठमाडौं । नेपालभरका ११ विभिन्न स्थानबाट सञ्चालन गरिएको आइसर मेगा सर्भिस क्याम्प सकिएको छ । यस क्याम्पमा २ हजार जनाभन्दा बढीले आफ्ना सवारीको सर्भिसिङमार्फत लाभ लिएका थिए ।

बतास एमएडब्लुले आइसर मेगा सर्भिस क्याम्पमा उपस्थित ग्राहकलाई छ महिनासम्म पाट्र्समा वारेन्टी प्रदान गरेको जनाएको छ । यसका साथै नियमित मर्मतसम्भारदेखि उच्च दक्ष प्राविधिक टोलीबाट अप्रत्याशित मर्मतको सुविधा पनि आइसरले आफ्नो ग्राहकलाई प्रदान गरेको छ ।

बिदाको समय तथा रात्रिकालीन सेवाका लागि आपतकालीन सेवा चौबिसै घण्टा सञ्चालन हुने र उक्त सेवा लिनका लागि टोल फ्रि नम्बर १६६००१११५५५ मा फोन गरी चौबिसै घण्टा सेवा लिन सकिने जानकारी यस क्याम्पमा गराइएको थियो । बतास एमएडब्लूले सधैँ गुणस्तरीय सेवालाई आफ्नो उद्देश्यको रूपमा प्राथमिकता दिएको छ । व्यावसायिक सवारी साधनहरूका लागि उत्तम सम्भावित हेरचाह उपलब्ध गराउने प्रतिबद्धता, ग्राहकको अपेक्षाहरू पूरा गर्ने प्रयासकै कारणले यस उद्योगले मान्यता पाएको हो ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया