कोकाकोलाको ‘चिल एन विन’ क्याम्पेन
काठमाडौं । कोकाकोला नेपालले ‘चिल एन विन २.०’ क्याम्पेन सञ्चालनमा ल्याएको छ । कम्पनीले ‘चिल एन विन’ को अपार सफलता यो क्याम्पेन फेरि सञ्चालनमा ल्याइएको जनाएको छ ।
यस क्याम्पेनले बम्पर पुरस्कारको रूपमा एउटा कार तथा साप्ताहिकरूपमा आठ जनाका लागि एउटा बाइकलगायतका पुरस्कारहरू जित्ने अवसर प्रदान गर्नेछ । साथै, दैनिक टप–अपसहित स्मार्टफोनहरू पनि प्रदान गरिनेछ भने अनेकौँ एक्साइटिङ पुरस्कारहरू जित्ने सम्भावना अगाडि ल्याएको छ । यस क्याम्पेनमा सहभागी हुन कोकाकोला, स्प्राइट वा फ्यान्टाका पेट बोतलहरूको लेबलको पछाडि वा कुनै रिटर्नेबल ग्लास बोतलहरू (आरजीबी) को बिर्कोमुनि प्रिन्ट गरिएको युनिक कोड एसएमएस गर्नुपर्ने कम्पनीले जनाएको छ । यी कोडहरू क्याम्पेनको वेबसाइट स्प्राइट डट कम डट एनपीमा पनि पठाउन सकिन्छ ।
एसएमएसमार्फत इन्टर गर्न, सहभागीहरूले मेसेज बक्समा कोक लेखी एक स्पेस छाडेर लेबल युनिक कोड लेखेर फेरि एक स्पेस छाडी आफ्ना पूरा नाम टाइप गरी ३४००१ मा एसएमएस पठाउनुपर्ने हुन्छ । यसको विकल्पमा लेबलमा रहेको विशेष क्युआर कोड स्क्यान गर्न पनि सक्नेछन् । यो क्याम्पेन ३१ अक्टोबरसम्म चल्ने कम्पनीले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन विवाद समाधान गर्न विज्ञ समिति गठन ।
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया