Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

कलंकीमा केएफसी


काठमाडौं । कलंकीमा विशेषरूपमा बोल्ने र श्रवणशक्ति नभएका महिला कार्यकर्ताद्वारा सञ्चालित नेपालको पहिलो विशेष केएफसी सञ्चालनमा आएको छ । फरक क्षमता भएका महिलाको टोलीले सम्पूर्ण रेस्टुरेन्ट व्यवस्थापन गर्र्ने बताइएको छ ।

अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवसको अवसरमा देवयानी इन्टरनेसनल नेपाल प्रालिले सो केएफसी सञ्चालनमा ल्याएको हो । केएफसी इन्डिया र नेपालका सीईओ, रजत लुथराले बोल्ने र श्रवणशक्ति नभएका महिलाद्वारा सञ्चालित पहिलो केएफसी रेस्टुरेन्टलाई आफ्नो अटल सहयोग रहने प्रतिबद्धता जनाए । देवयानी इन्टरनेसनल लिमिटेडले विशेषरूपमा बोल्ने र सुन्ने क्षमता नभएका व्यक्तिका लागि रोजगारीका अवसरहरू विस्तार गर्ने र आगामी वर्षमा त्यस्ता रेस्टुरेन्टहरू थप्ने बाचा गरेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया