डेल्टिन नेपालद्वारा कम्प्युटर ल्याब हस्तान्तरण
काठमाडौं । डेल्टिन नेपाल प्राइभेट लिमिटेडले श्री नन्दी माध्यामिक विद्यालयलाई कम्प्युटर ल्याब हस्तान्तरण गरेको छ । कम्पनीले एक कार्यक्रमका बीच विद्यालयलाई कम्प्युटर ल्याब हस्तान्तरण गरेको हो । कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री एवम् पूर्व स्वस्थ्य तथा जनसंख्यामन्त्री गगन कुमार थापाले कम्प्युटर ल्याब हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा थापाले डेल्टिन नेपालको यो सामाजिक उत्तरदायित्वअन्तर्र्गतको कम्युटर ल्याब हस्तान्तरणले नन्दी विद्यालयका विद्यार्थीहरूको भविष्यमा महत्वपूर्ण भूमिका खेल्ने बताए । त्यसैगरी डेल्टिन नेपालका अपरेसन हेड शुभान्वित गुरुङले कम्पनीको यो सामाजिक कार्यलाई भोलिका दिनमा पनि निरन्तरता दिने उल्लेख गरे ।
कम्प्युटर ल्याबबाट विद्यार्थी भाइबहिनीले धेरैभन्दा धेरै लाभ लिनेमा आफू ढुक्क भएको सुनाए । डेल्टिन नेपालले १७ लाख रुपैयाँको लगानीका २३ वटा कम्प्युटर, प्रोजेक्टर, तीन वटा फ्यानसहित कम्प्युटर ल्याब हस्तान्तरण गरेको छ । डेल्टिन नेपाल प्राइभेट लिमिटेडको सुरुवात डेल्टिन ग्रुपकोे अन्तर्राष्ट्रिय भेन्चरको रूपमा २०७५ साल भदौ १४ काठमाडौंको मेरियट होटलमा खोलिएको थियो । अहिले २५० जनाले रोजगारी पाएका छन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन विवाद समाधान गर्न विज्ञ समिति गठन ।
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया