भिभोको वाई१७एस सार्वजनिक
काठमाडौं । भिभोले ट्रेन्डी डिजाइन, उत्कृष्ट क्यामेरा र स्मुद कार्यसम्पादन क्षमता भएको वाई सिरिजमा आफ्नो नयाँ स्मार्टफोन भिभो वाई१७एस सार्वजनिक गरेको छ । नवीन तथा आकर्षक विशेषता भएको वाई१७एस सबैलाई पहुँचयोग्य बनाउन भिभोले यो नयाँ स्मार्टफोन निकै आकर्षक तथा सुलभ मूल्य १६ हजार नौ सय ९९ रुपैयाँमा सार्वजनिक गरेको हो ।
भिभो वाई१७एस मा मूलभूतरूपमा एलिगेन्ट डिजाइनलाई प्राथमिकतामा राखिएको छ । स्टाइल र कार्यक्षमता दुवैलाई सहजरूपमा एकीकृत गर्दै यो स्मार्टफोनमा एक ट्रेन्डी डुअल क्यामेरा डिजाइन रहेको छ । यसमा भएको दुई दशमलव पाँच डी सामग्रीले आरामदायी ग्रिप सुनिश्चित गर्नुका साथै सोफेस्टिकेसनको स्पर्श थप्दै, प्रतिस्पर्धाबाट अलग बनाउने कम्पनीले जनाएको छ । भिभो वाई१७एस दुई आकर्षक रंगहरू ग्लिटर पर्पल र फरेस्ट ग्रीनमा उपलब्ध रहेको कम्पनीको भनाइ छ । कम्पनीका अनुसार भिभो वाई१७एसमा प्रभावशाली ५० एमपी पोट्रेट क्यामेरा, दुई एमपी बोकेह क्यामेरा र आठ एमपी फ्रन्ट क्यामेरा रहेका छन् ।
भिभो वाई१७एस मा पाँच हजार एमएएचको विशाल ब्याट्री रहेको छ । साथै, वाई१७एसमा छ जीवी+६जीवी एक्सटेन्डेड ¥याम र १२८ जीवीको ठूलो रोम रहेको र यसमा आईपी५४ डस्ट र वाटर रेजिस्टेन्स पनि छ, जसले उपकरणलाई अतिरिक्तस्तरको सुरक्षा प्रदान गर्ने बताइएको छ । वाई१७एस मा हाई ब्राइटनेस डिस्प्ले रहेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन विवाद समाधान गर्न विज्ञ समिति गठन ।
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया