नेपालमा साओमीको पाँच वर्ष
काठमाडौं । साओमीले नेपालमा आफ्नो गौरवपूर्ण पाँच वर्ष सफलतापूर्वक पूरा गरेको जनाएको छ । सन् २०१८ मा लन्च भएदेखि नै साओमीले नेपाली बजारमा महत्वपूर्ण फड्को मार्दै देशको अग्रणी स्मार्टफोन ब्रान्डमध्ये एक बन्न सफल भएको कम्पनीको दाबी छ ।
कम्पनीले सफलताको श्रेय उसको इनोभेसन र किफायती मूल्यमा उच्च गुणस्तरका स्मार्टफोन उपलब्ध गराउनुलाई दिएको छ । विगत पाँच वर्षमा साओमीले नेपाली स्मार्टफोन बजारमा आफ्नो उपस्थितिलाई निरन्तर बढाउँदै आएको छ । साओमी टेक्नोलोजी क्षेत्रमा घरघरको नाम बन्दै देशको एक अग्रणी स्मार्टफोन ब्रान्ड बन्न सफल भएको कम्पनीको भनाइ छ । कम्पनीका अनुसार उत्कृष्ट उत्पादन र अत्याधुनिक प्रविधिलाई उपभोक्तामाझ पु-याउने ब्राण्डको अटल समर्पणले नेपाली ग्राहकको हृदयमा विशेष स्थान कमाएको छ । साओमी नेपाल उच्च गुणस्तरको प्रविधिलाई सबैका लागि पहुँचयोग्य बनाउने आफ्नो लक्ष्यमा अडिग रहेको बताइएको छ । साथै, नेपालमा आफ्ना प्रोडक्ट अफरिङ तथा ग्राहक अनुभवलाई थप वृद्धि गर्न प्रतिबद्धता जनाएको छ ।
साओमी नेपालले चाडपर्वलाई थप विशेष बनाउँदै पपुलर स्मार्टफोन मोडेलमा दुई हजार रुपैयाँसम्मको आकर्षक छुट प्रदान गरिरहेको पनि जानकारी दिएको छ । साओमी नेपालले ‘चाडपर्वको मुड, अफर टु गुड’ घोषणा गरी साओमी फ्यानबेसका लागि खुसी फैलाउने र उल्लेखनीय अफरहरू प्रदान गर्ने प्रतिबद्धता कायम राखेको छ । रिटेल पार्टनर र सर्भिस सेन्टरको विस्तृत नेटवर्कका साथ कम्पनीले देशमा बलियो उपस्थिति बनाएको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । साओमी नेपालले विगत पाँच वर्षमा नेपालमा प्रविधिलाई हेर्ने तरिका मात्र परिवर्तन गरेको छैन तर आफ्नो करपोरेट सोसल रेस्पोन्सिबिलिटी (सीएसआर) प्रयासमार्फत समुदायलाई भलो हुने काम पनि गरेको छ । साथै, साओमी नेपालले आफ्नो फेसबुकमा सक्रिय साओमी फ्यान क्लबमार्फत टेक फ्यानका लागि एक सक्रिय कम्युनिटी निर्माण गरेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन विवाद समाधान गर्न विज्ञ समिति गठन ।
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया