नेपालमा एम्पियर इलेक्ट्रिक स्कुटरको बुकिङ खुला
काठमाडौं । ग्रीभ्स कोटन एण्ड कम्पनीको अन्तर्गतको एम्पियर इलेक्ट्रिक स्कुटरको नेपालमा बुकिङ खुला गरिएको छ । केडिया इन्टरनेसनल प्रालिले नेपालमा एम्पियरको इलेक्ट्रिक स्कुटर भित्र्याउन लागेको हो ।
कम्पनीले दुई इलेक्ट्रिक स्कुटर मोडल एम्पियर प्राइमस र एम्पियर म्याग्नस ईएक्स नेपालमा सार्वजनिक गर्ने तयारी गरेको छ । सोहीअनुसार कम्पनीले यी दुवै मोडेलको अग्रिम बुकिङ पनि खुला गरेको हो । कम्पनीका अनुसार एम्पियर प्राइमस अत्याधुनिक प्रविधि र भविष्यका विशेषताका साथ डिजाइन गरिएको छ । प्राइमसले ४ किलोवाटको पिक पावर र एक सय ५७ एनएमको प्रभावशाली अधिकतम टर्क दिने कम्पनीले जनाएको छ । यस विद्युतीय सवारीलाई पावर दिन तीन किलोवाट एलएफपी ब्याट्रीको प्रयोग गरिएको छ । साथै, यो अनबोर्ड स्मार्ट ब्याट्री व्यवस्थापन प्रणालीसँग सुसज्जित छ ।
प्राइमसले एकल चार्जमा एक सय सात किलोमिटरको एआरएआई प्रमाणित गरेको छ । स्कुटरमा ब्लुटुथ जडानका साथ एलसीडी इन्स्ट्रुमेन्ट क्लस्टर रहेको छ । यस्तै, सुरक्षाको लागि प्राइमसको अगाडिको भागमा डुअल हाइड्रोलिक टेलिस्कोपिक फोर्क सस्पेन्सन र डुअल एडजस्टेबल रियर सस्पेन्सन राखिएको छ । यस्तै, प्राइमसले पहाडी भू–भाग र अफ–रोड ट्रेलहरू सजिलैसँग नेभिगेट गर्ने कम्पनीले बताएको छ । प्राइमसको मोटर र ब्याट्रीमा तीन वर्ष वारेन्टी पाइने कम्पनीले जनाएको छ । कम्पनीले यो स्कुटरको मूल्य नेपालमा तीन लाख ५९ हजार नौ सय ९९ रुपैयाँ तोकिएको छ ।
यस्तैगरी कम्पनीको एम्पियर म्याग्नस ईएक्समा एक दशमलव आठ किलोवाट पीक पावर र ८६ एनएम अधिकतम टर्क भएको हब–माउन्टेड (बीएलडीसी) मोटर रहेको छ । साथै, यसमा मात्र पाँच घण्टामा पूरा चार्ज हुने दुई दशमलव तीन किलोवाट क्यान–सक्षम लिथियम–आयन ब्याट्री जडान गरिएको छ ।
यसमा सुरक्षा र सुविधाको लागि एलसीडी इन्स्ट्रुमेन्ट क्लस्टर र एलईडी हेडल्याम्प समावेश छ । अगाडि दोहोरो हाइड्रोलिक टेलिस्कोपिक फोर्क सस्पेन्सन र रियर सस्पेन्सनले यसको सुरक्षालाई प्राथमिकता दिने बताइएको छ । यसको पनि मोटर र ब्याट्रीमा तीन वर्ष वारेन्टी दिइएको छ । कम्पनीले यसको मूल्य नेपाली बजारमा दुई लाख ९९ हजार नौ सय ९९ रुपैयाँ तोकेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन विवाद समाधान गर्न विज्ञ समिति गठन ।
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया