Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगप्यारामाउन्ट मोटर्सको भक्तपुरमा दोस्रो सोरुम

प्यारामाउन्ट मोटर्सको भक्तपुरमा दोस्रो सोरुम


काठमाडौं । एमजी गाडीका लागि नेपालको आधिकारिक वितरक एवम् आयातकर्ता पारामाउन्ट मोटर्स प्रालिले गठ्ठाघर भक्तपुरमा आफ्नो दोस्रो एमजी सोरुम सञ्चालनमा ल्याएको छ । यो सेवा विस्तारले एमजीको ओनरसिप एक्सपेरियन्स वृद्धि गर्ने आफ्नो प्रतिबद्धतालाई झनै बलियो बनाएको कम्पनीले जनाएको छ ।

एमजीका नेपालभर फैलिएका १३ वटा आउटलेटहरूले ग्राहकका लागि पहुँचयोग्य र असाधारण सेवा प्रदान गर्ने कम्पनीको भनाइ छ । प्यारामाउन्ट मोटर्सका महाप्रबन्धक सचिन अर्यालले यस नयाँ सोरुममार्फत आफ्नो पहुँच विस्तार गर्दै कम्पनीको उच्चस्तरीय बिक्रीपश्चात्को सेवा र समर्थन प्रदान गर्ने आफ्नो लक्ष्यमा अडिग रहेको बताए । हाल नेपालभर एसी र डिसी गरेर १९ वटा एमजी चार्जिङ स्टेसनहरू उपलब्ध छन् । यद्यपि, २०२३ को अन्त्यसम्ममा पारामाउन्ट मोटर्सले चार्जिङ स्टेसनको संख्या ५० सम्म पु-याउने लक्ष्य राखेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया