Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगजीडब्लुएमको टेस्ट ड्राइभ एन्ड एक्सचेन्ज फिएस्टा

जीडब्लुएमको टेस्ट ड्राइभ एन्ड एक्सचेन्ज फिएस्टा


काठमाडौं । नेपालमा जीडब्लुएम सवारी साधनको आधिकारिक वितरक भीजी इम्पेक्स प्रालिले ‘टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प’ सञ्चालन गरेको छ । जीडब्लुएमका प्रभावशाली एसयूभीहरू हाभल एच६, हाभल जोलायन, पिक–अप पावर र विद्युतीय ओरा ०३ जस्ता सबै सवारी साधनहरूका लागि ‘टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प’ सञ्चालन गरिएको कम्पनीले जनाएको छ ।

क्याम्प शुक्रबारदेखि सुरु भएको र बिहीबारसम्म चल्ने बताइएको छ । यो क्याम्प जीडब्लुएमको काठमाडौं सोरुम थापाथली र भक्तपुर सोरुममा बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुनेछ । यसबाट कार उत्साहीहरूले टेस्ट ड्राइभको अनुभव गर्ने र एक्सचेन्जकोे विशेष अवसर प्राप्त गर्नेछन् । यस क्याम्पले उत्साहीहरूलाई स्लिक हाभल एसयूभीदेखि शक्तिशाली ओरा ०३ ईभी र पोयरजस्ता विभिन्न प्रकारका सवारी साधनहरू परीक्षण गर्ने मौका प्रदान गर्छ । चाहे सहरको यात्रा गर्दा होस् या अफ–रोडको यात्रा, जीडब्लुएमको टेस्ट ड्राइभ एण्ड एक्सचेन्ज फिएस्टाले कम्पनीको नवाचार र अटोमोटिभ उद्योगमा उत्कृष्टताप्रतिको समर्पणलाई जोड दिँदै उत्कृष्ट ड्राइभिङ्ग अनुभव प्रदान गर्नेछ  ।

यस क्याम्पमार्फत दैनिक बोटको स्मार्ट वाच र एकजना भाग्यशाली विजेताले मी टिभी जित्ने अवसर सोमत पाइने बताइएको छ । साथै, एक्सचेन्ज बोनस, हरेक टेस्ट ड्राइभका साथ विशेष उपहारहरू, निःशुल्क सामानहरू, आकर्षक नगद छुट, सजिलो वित्तीय सुविधा र ओरा ०३ सँग ७ किलोवाट फास्ट चार्जरजस्ता आकर्षक उपहार सुविधा पाउनेछन् । यस्तै, जीडब्लुएमले भर्खरै नेपालमा आफ्नो विद्युतीय गाडी ओरा ०३ इभी ल्याएको छ, जसले रेट्रो–मोर्डनिस्टिक डिजाइन अवधारणाको साथ ईभी प्रविधिको मिश्रणलाई मूर्तरूप दिएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया