उद्योग वाणिज्य महासंघले लगानी सम्मेलन गर्दै
बागलुङ । नेपाल उद्योग वाणिज्य महासंघले मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन र लगानीका सम्भावनालाई उजागर गर्न सातै प्रदेशमा लगानी सम्मेलन गर्ने भएको छ । बागलुङ जिल्लाको प्रमुख पर्यटकीय क्षेत्र ढोरपाटनमा बसेको महासंघको तेस्रो कार्यसमिति बैठकले सो निर्णय गरेको हो । प्रचुर सम्भावना भएर पनि पूर्वाधार र प्रचारप्रसारको अभावमा ओझेलमा परेको ढोरपाटन क्षेत्रको प्रचार गर्ने उद्देश्यले महासंघले ढोरपाटनमा बैठक आयोजना गरेको थियो ।
बैठकले देशमा लगानीका क्रियाकलापलाई चलायमान गराउन सबै प्रदेशमा लगानी सम्मेलन आयोजना गर्ने निर्णय गरेको अध्यक्ष चन्द्रप्रसाद ढकालले जानकारी दिए । बैठकले सन् २०२५ लाई निजी क्षेत्रले पर्यटन वर्षका रूपमा मानउने निर्णय पनि गरेको छ । अध्यक्ष ढकालको गृहजिल्लामा आयोजना गरिएको सो बैठकले मुलुकमा व्याप्त आर्थिक सङ्कट घटाउँदै तरलता बढाउन असोज मसान्तभित्रै राजनीतिक तथा सरोकारवाला निकायबीच छलफल गर्न उच्चस्तरीय तथा सर्वपक्षीय सम्मेलन गर्ने निर्णय पनि गरेको छ ।
अध्यक्ष ढकालले महासंघ र सरकारले वैदेशिक लगानीका लागि आग्रह गरिरहेको अवस्थामा देशभित्रै लगानीको वातावरण निर्माण गरी आर्थिक चलायमान बनाउनका लागि लगानी सम्मेलन गर्ने निर्णय भएको बताए । उनले ढोरपाटन सिकार आरक्षमा विदेशी पर्यटकहरू सिकार खेल्न मात्रै आउने प्रचलन रहेकाले त्यस क्षेत्रको पर्यटन पूर्वाधार र प्रचारप्रसार गर्न निजी क्षेत्रले उत्सुकता देखाएको बताए ।
बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष नरेश कँडेलले देशभरका निजी क्षेत्रका उद्योगी व्यवसायीले ढोरपाटन अवलोकन गर्दा पर्यटनको विकासमा सहयोग पुग्ने बताए । ढोरपाटनमा आवश्यक पर्यटकीय पूर्वाधार, सुविधासम्पन्न होटलसहित अन्य व्यावसायिक योजनासमेत बन्नसक्ने अपेक्षा स्थानीयको रहेको कँडेलले बताए । ढोरपाटन क्षेत्रमा आलु र स्याउको सम्भावना रहेको पनि उनले बताए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 1
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर ?
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन बिबादमा टिओडी मिटर गणना गर्न विज्ञ समिति गठन
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया