‘अल्टिमा वाच सर्कल र वाच म्याजिक प्रो’ स्मार्टवाच
काठमाडौं । नेपाली ब्रान्ड अल्टिमा लाइफ स्टाइलले नयाँ दुई स्मार्टवाच बजारमा सार्वजनिक गरेकोे छ । कम्पनीले ‘अल्टिमा वाच सर्कल’ र ‘अल्टिमा वाच म्याजिक प्रो’ सार्वजनिक गरेको हो ।
कम्पनीका अनुसार अल्टिमा वाच सर्कल त्रु अमोलेद स्मार्टवाच हो भने अल्टिमा वाच म्याजिक प्रो एक किफायती आधुनिक विशेषतायुक्त स्मार्टवाच हो । ‘अल्टिमा वाच सर्कल’ सीमित अवधिका लागि तीन हजार नौ सय ९९ रुपैयाँमा उपलब्ध गराइने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यसको वास्तविक बजार मूल्य भने पाँच हजार नौ सय ९९ रुपैयाँ रहेको छ । यसमा प्रभावशाली स्वास्थ्य निगरानी सुविधाहरू पनि रहेका छन् । साथै, ब्लुटुथ कलिङ सुविधा, एक घण्टामै चार्ज गर्न सकिने फास्ट चार्जिङ र शक्तिशाली दुई सय ५० एमएएच ब्याट्री क्षमता यो स्मार्टवाचमा रहेको कम्पनीले जनाएको छ ।
यस्तै, ‘अल्टिमा वाच म्याजिक प्रो’ पनि सीमित अवधिका लागि दुई हजार नौ सय ९९ रुपैयाँमा पाइनेछ । यो परिचयात्मक मूल्य सीमित संख्याको लागि मात्रै प्रवद्र्धन गरिएको हो । तत्पश्चात् वाच म्याजिक प्रोको पनि बजार मूल्य पाँच हजार नौ सय ९९ रुपैयाँ नै रहनेछ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर ?
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन बिबादमा टिओडी मिटर गणना गर्न विज्ञ समिति गठन
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया