दराजको दशैं धमाका
काठमाडौं । नेपालीहरूको महान पर्व दशैंलाई लक्षित गर्दै अनलाइन सपिङ कम्पनी दराजले ‘दराज दशैं धमाका’ सार्वजनिक गरेको छ । चाडपर्वको किनमेलमा सहज वातावरण प्रदान गर्ने उद्देश्यले कम्पनीले सार्वजनिक गरेको सो योजनाअन्तर्गत प्रयोगकर्ताले छुटका साथै विभिन्न उपहार, भौचर प्राप्त गर्न सक्ने कम्पनीको भनाइ छ ।
यस्तै, डेबिट तथा क्रेडिट कार्डमार्फत अग्रिम भुक्तानी गरी थप छुटको फाइदा लिन सकिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार बुधबारदेखि सुरु भएको ‘दराज दशैं धमाका’ योजनामा ७० प्रतिशतसम्मको छुट र सात हजार रुपैयाँ बराबरको भौचरजस्ता फाइदा छन् । यसका साथै अग्रिम भुक्तानीमा डेबिड कार्डको प्रयोगमा १५ प्रतिशत र क्रेडिट कार्डमा २० प्रतिशतसम्मको छुट, तीन हजार पाँच सय रुपैयाँभन्दा माथिको अग्रिम भुक्तानीमा कार्डको प्रयोग गर्ने ग्राहकहरूले एक लाख बराबरको सपिङ भौचर पनि प्राप्त गर्ने मौका पनि रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार ‘दशैं धमाका’ छुट र उपहार मात्र नभएर उत्कृष्ट अनलाइन सपिङ अनुभव सँगाल्दै जीवनमा उमङ्ग भर्ने अवसर पनि हो । यस योजनामा सहभागी भएर मौकाको फाइदा लिन पनि कम्पनीले आग्रह गरेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर ?
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन बिबादमा टिओडी मिटर गणना गर्न विज्ञ समिति गठन
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया