Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनिगमले निजी क्षेत्रलाई भाडामा १५ प्रतिशत छुट दिने

निगमले निजी क्षेत्रलाई भाडामा १५ प्रतिशत छुट दिने


काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले निजी क्षेत्रका चार संस्थालाई भाडादरमा १५ प्रतिशत छुट दिने भएको छ ।

निगमले नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स र राष्ट्रिय व्यावसायिक पहल (नेसनल बिजनेस इनिसिएटिभ) गरी चारवटा संस्थालाई सो सेवा उपलब्ध गराउने जनाएको छ । निजी क्षेत्रका संस्थासँग सहकार्य गरी द्विपक्षीय लाभ हासिल गर्ने उद्देश्यले निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीको अध्यक्षता तथा सञ्चालक समिति सदस्य किशोर प्रधानको संयोजकत्वमा चारवटा संस्थासँग सम्झौता गरिएको निगमले जनाएको छ ।

सम्झौताअनुसार संस्थामा आबद्ध पदाधिकारी, सदस्यहरू, कर्मचारी र तिनका परिवारले यात्रा गर्दा निगमको जहाजबाट यात्रा गर्ने, उक्त संस्थाले आयोजना गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्यक्रममा निगमको प्रवद्र्धन गर्नुपर्ने र निगमले भाडादरमा १५ प्रतिशत छुट दिने व्यवस्था भएको छ । सम्झौता पत्रमा निगमका तर्फबाट कार्यकारी अध्यक्ष युवराज अधिकारीले हस्ताक्षर गरेका छन् भने महासंघका तर्फबाट नेफका प्रथम उपाध्यक्ष कुशल सुन्दर श्रेष्ठ, परिसंघका तर्फबाट युवा उद्यमी मञ्च कोशी प्रदेशका अनमोल प्रधान, चेम्बरको तर्फबाट अध्यक्ष राजेन्द्र मल्ल र राष्ट्रिय व्यावसायिक पहल (नेसनल बिजनेस इनिसिएटिभ) का तर्फबाट अध्यक्ष कुशकुमार जोशीले हस्ताक्षर गरेका छन् ।

यस सम्झौताबाट उक्त संस्थासँग आबद्ध व्यवसायी सदस्यहरू लाभान्वित हुने तथा निगमको व्यापार व्यवसाय समेत प्रवर्द्धन हुने अपेक्षा गरिएको छ । सम्झौता कार्यक्रममा निगमका सञ्चालक समिति सदस्य सुधीर शमशेर राई र अमृतमान श्रेष्ठ, निगमका वाणिज्य विभाग निर्देशक टंकनिधि दाहाललगायतको उपस्थिति थियो ।

 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया