Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगदि नेपाल डिष्टिलरीको नयाँ योजना सुरु

दि नेपाल डिष्टिलरीको नयाँ योजना सुरु


काठमाडौं, वैशाख २६
दि नेपाल डिष्टिलरिजले आफ्नो सामाजिक पहलअन्तर्गत कोरोना भाइरस (कोभिड–१९)को कारण अप्ठ्यारोमा परेकाहरुका लागि सहयोग गर्न एउटा बिल्कुलै नयाँ अवधारणा अगाडि सारेको छ । विशुद्ध सेवाभावका हेतुले कम्पनीले ल्याएको यो नयाँ योजनाअनुसार सहयोगी मन हुनेहरुले आफू, आफ्ना प्रियजन तथा जो कसैले पनि गरेको सेवाभावको कार्यलाई तस्बिर वा भिडियो, जानकारीसहित आफ्नो फेसबुकमा ह्याक्स द न्यू ब्रेभ लेखी सेयर गरेर अरुलाई पनि प्रोत्साहित गर्न सकिन्छ ।

यसरी पोष्ट गर्दा दी नेपाल डिष्टिलरिजले आफ्नो तर्फबाट हरेक पोष्टबराबर एक हजारका दरले रकम जम्मा गरी २ हप्तापछि खाँचोमा परेकालाई खाद्यान्न तथा औषधिजन्य सामग्री उपलब्ध गराउनेछ । दि नेपाल डिष्टिलरिजको समाजिक पहलअन्तर्गत सुरु गरिएको यो योजनामा सहभागी भई फोटो वा भिडियो पोष्ट गर्ने जो कसैको सानो सुरुवातबाट धेरैले लाभ लिन सक्नेछन् । यो योजनाअनुरुप जति धेरै मानिसले फोटो वा भिडियो पोष्ट ग-यो त्यति नै बढी रकम दी नेपाल डिष्टिलरिजका तर्फबाट जम्मा हुन जान्छ । जुन रकम वास्तविक रुपमा खाँचोमा परेकाहरुले प्राप्त गर्ने मौका पाउँछन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x