भिभो भी२९ फाइभजी नेपालमा
काठमाडौं । टेक्नोलोजी ब्रान्ड भिभोले नेपालमा आफ्नो फ्ल्यागसिप भी सिरिजअन्तर्गत नयाँ स्मार्टफोन भी२९ फाइभजी सार्वजनिक गरेको छ । कम्पनीले काठमाडौंको द मल्ल होटलमा एक कार्यक्रमको आयोजना गरी नयाँ स्मार्टफोन भव्यताको साथ लन्च गरेको हो ।
भी सिरिजको निरन्तर आविष्कार, आधुनिक डिजाइन र अत्याधुनिक क्यामेरा कार्यक्षमतालाई दर्साउँदै भी२९ फाइभजी हाल नेपालमा उपलब्ध भएको छ । भी२९ फाइभजीको सबैभन्दा उत्कृष्ट विशेषतामध्ये १२० हर्ज थ्रीडी कर्भ स्क्रिन एक आकर्षक विशेषता हो, जसले स्मार्टफोन बजारमा स्लिम स्मार्टफोनको नयाँ मापदण्ड कायम गरेको छ । यो स्मार्टफोनमा औरा लाइट पोट्र्रेट, ५० एमपी अटोफोकस ग्रुप सेल्फीलगायतका विशेषताहरू रहेको कम्पनीले जनाएको छ । भिभो नेपालका जनरल म्यानेजर माइकलले भिभो सदैव अनुसन्धान र नवीनतालाई प्राथमिकतामा राखेर ग्राहकलाई आकर्षक विशेषताका स्मार्टफोन प्रदान गर्न प्रतिबद्ध रहेको बताए ।
नयाँ स्मार्टफोन सार्वजनिक भएसँगै भिभोले चाडपर्वको समयलाई अझ विशेष बनाउन आफ्ना ग्राहकका लागि अक्टोबर ५ देखि नोभेम्बर २१ सम्म आकर्षक दशैं अफर ल्याएको छ । भिभोले ‘आयो दशैं, लाग्यो तिहार, भिभो किन्दा बुलेट उपहार’ अफर ल्याएको छ । उक्त अफरअन्तर्गत एक जना भाग्यशाली विजेताले नयाँ भिभो भी२९ फाइभजी जित्न सक्ने बताइएको छ । यसका साथै भिभोले तीन भाग्यशाली विजेताका लागि बाई वान गेट वान अफर पनि ल्याएको छ ।
यस अफरअन्तर्गत एक हजार ग्राहकले ब्लुटुथ स्पिकर, पाँच हजार ग्राहकले भिभोको स्टाइलिस ब्याग, आठ हजार ग्राहकले भिभोको बोतल तथा १५ हजार ग्राहकले रिचार्ज कार्ड प्राप्त गर्न सक्ने बताइएको छ । यो अफरमा सहभागी हुन ग्राहकले हरेक भिभो फोनको खरिदमा भिभो दशैं डट कममा रजिस्टर्ड गरी आकर्षक पुरस्कारहरू प्राप्त गर्न सक्नेछन् । भिभो भी२९ फाइभजी डिजाइन, क्यामेरा क्षमताहरू र कार्यसम्पादनको उत्कृष्ट संयोजन भएको एक प्रभावशाली स्मार्टफोन हो । यो स्मार्टफोन दुई आकर्षक रंग –पीक ब्लू र नोबेल ब्ल्याकमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । यसको पीक ब्लु भेरियन्टमा थ्रीडी म्याग्नेटिक पार्टिकल र नोबेल ब्ल्याक भेरियन्टमा फ्लोराइट एजी ग्लासजस्ता नवीन प्रविधिहरू प्रयोग भएको छ ।
यसमा ५०एमपी एचडी अटोफोकस क्यामेरा, ५०एमपी ओआईएस अल्ट्रा–सेन्सिङ क्यामेरा, ८ एमपी अल्ट्रा वाइड–एङ्गल क्यामेरा र २ एमपी मोनोक्रोम क्यामेरा रहेको बताइएको छ । यसमा भएको स्मार्ट औरा लाइट पोट्रेट विशेषताले गर्दा कम प्रकाशमा पनि उत्कृष्ट फोटोहरू खिच्न सकिन्छ । भिभो भी२९ फाइभजीमा क्वालकम स्न्यापड्रेगन ७७८जी प्रोसेसर रहेको कम्पनीले जनाएको छ । यसमा ८० वाट फ्ल्यासचार्ज रहेको र ४६०० हर्ज ब्याट्री रहेको बताइएको छ । यसमा भएको सुपर चार्ज पम्प टेक्नोलोजीले डाउनटाइम घटाउँदै चार्जिङ दक्षता बढाउने बताइएको छ । भी२९ फाइभजीमा अत्याधुनिक हार्डवेयरको संयोजनले एक प्रभावकारी स्मार्टफोन अनुभव प्रदान गर्दछ । यो स्मार्टफोन देशभर आकर्षक मूल्यमा ५९ हजार नौ सय ९९ रुपैयाँमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर ?
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन बिबादमा टिओडी मिटर गणना गर्न विज्ञ समिति गठन
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया