परिसंघ र संयुक्त ट्रेड युनियनबीच सम्झौता
काठमाडौं । नेपाल उद्योग परिसंघ र संयुक्त ट्रेड यूनियन समन्वय केन्द्रबीच सुमधुर औद्योगिक सम्बन्ध अभिवृद्धिका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ । रोजगारदाता र श्रमिकबीच समझदारी गरी अगाडि बढेको सम्भवतः दक्षिण पूर्वी एसियाकै पहिलो हो ।
समझदारीपत्रमा परिसंघका तर्फबाट अध्यक्ष राजेशकुमार अग्रवाल र केन्द्रका तर्फबाट अध्यक्ष विनोद श्रेष्ठले हस्ताक्षर गरेका छन् । समझदारीपत्रको मुख्य उद्देश्य रोजगारदाता र श्रमिकबिच असल श्रम सम्बन्धको विकास गर्दै लगानीको वातावरण निर्माण गरी मुलुकभित्र रोजगारीका थप अवसरहरू सिर्जना, जिवनस्तर विकास, उत्पादकत्व वृद्धि गर्दै मुलुकको समग्र आर्थिक विकासमा योगदान गर्नु रहेको छ । कार्यक्रममा परिसंघका अध्यक्ष अग्रवालले विश्व श्रम बजारको इतिहासमा श्रमिक र रोजगारदाताहरूको विषय, सवाल, मुद्दामा आधिकारीक रुपमा सहकार्य भएको सम्भवत यो पहिलो अभ्यास भएको बताए । यस प्रकारको सहकार्य तथा समझदारीले उत्पादन, सीप, रोजगारीका समस्या तथा चुनौतीहरूलाई सम्बोधन गर्न महत्वपूर्ण भूमिका खेल्ने उनको भनाई थियो ।
श्रमिक र रोजगारदाताबीचको सौहार्दपूर्ण सम्बन्धबाट नै आर्थिक संमृद्धि हासिल गर्न योगदान दिन सकिन्छ भन्नेमा परिसंघले विश्वास राख्दै आएको उनले बताए । मजदुर र मालिक होइन, यी दुई आर्थिक संमृद्धिको सहयात्री हुन् भन्ने विषयलाई आत्मसाथ गर्दै आएको उनको भनाइ थियो । अध्यक्ष अग्रवालले यो समझदारी विदेशी लगानीकर्ताका लागि समेत सुखद् सन्देश बन्ने विश्वास समेत व्यक्त गरे । यस्तै केन्द्रका अध्यक्ष विनोद श्रेष्ठले विगतमा रोजगारदाता र श्रमिकको सम्बन्ध “बाघ र बाख्रा” जस्तो दोन्द्धात्मक परिस्थितिको स्मरण गर्दे हाल रोजगारदाता र श्रमिकबीचको सम्बन्ध “पानी र माछा” भएको बताए । यो सम्बन्धलाई आत्मसाथ गर्दा रोजगारदाता र श्रमिकबीच सौहार्दपूर्ण वातावरण तयार भएको र रोजगारदाताहरूसँग समझदारी गरेर अगाडि बढ्ने सकिने चरणमा आइपुगेको उनको भनाई थियो ।
परिसंघका उपाध्यक्ष भिम घिमिरेले यस समझदारी देशको आर्थिक सुमुन्नति, औद्योगिक विकास, वैदेशिक लगानीको वातावरणलाई आकर्षित गर्न मुख्य औजार बन्ने उल्लेख गरे । कार्यक्रममा सहभागी श्रमिकका अगुवा संघसंस्थाका प्रतिनिधिहरूले सम्झौताको स्वागत गर्दै कार्ययोजना तयार गरी द्धिपक्षीय संयन्त्रलाई नयाँ आयामबाट पालन गर्न आग्रह गरे । कार्यक्रममा संयुक्त ट्रेड यूनियन समन्वय केन्द्रमा आबद्ध सबै ट्रेड युनियनका पदाधिकारी एवं प्रतिनिधि सहभागी थिए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 8
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर ?
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन बिबादमा टिओडी मिटर गणना गर्न विज्ञ समिति गठन
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया