बुटवलमा फोटोनको नयाँ सोरुम
काठमाडौं । फोटोन गाडीको आधिकारिक वितरक एमएडब्लु वृद्धि कमर्सियल भेइकल प्रालिले बुटवलमा नयाँ थ्रीएस सोरूम, नेटवर्क विस्तार गरेको छ । सो सोरुमबाट सेल्स, सर्भिस, पार्ट्सको सम्पूर्ण सुविधा लिन सकिने कम्पनीले जनाएको छ ।
बुटवल र सो आसपासका क्षेत्रमा फोटोन गाडी बिक्री गर्न कम्पनीले सिद्धार्थ इन्टरकन्टिनेन्टल प्रालिमार्फत नयाँ तीन सोरुम नेटवर्क सञ्चालनमा ल्याएको हो । नयाँ सोरुममा फोटनको नेपाली बजारमा उपलब्ध सबै मोडल उपलब्ध हुने छन् । फोटोनसँग हाल बजारमा कम्बसन इन्जिन जडित र इलेक्ट्रिक दुवै सेग्मेन्टका गाडीहरू उपलब्ध छन् । इलेक्ट्रिकमा प्यासेन्जर भ्यान, कार्गो भ्यान र मिनी ईभी ट्रक ’टीएम १’ लोकप्रिय मोडल हुन् । टीएम १ लाई कम्पनीले देशका विभिन्न सडकमा परीक्षण गरेर सफल भएपछि हालै सम्पन्न नाडा अटो सोमा सार्वजनिक गरेको थियो । नयाँ सोरुमबाट बिक्री र बिक्रीपछिको सम्पूर्ण सेवा उपलब्ध हुने बताएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर ?
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन बिबादमा टिओडी मिटर गणना गर्न विज्ञ समिति गठन
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया