टेलिकमको प्रोमोसनल अफर
काठमाडौं । नेपाल टेलिकमले एनटी फाइबर सेवाका व्यक्तिगत प्याकेजमा प्रोमोसनल अफर उपलब्ध गराउने भएको छ । कम्पनीले आगामी बिहीबारदेखि लागू हुनेगरी सो अफर उपलब्ध गराउन लागेको हो ।
यस अफरअन्तर्गत सेवाग्राहीको अत्याधिक रूचि देखिएको एनटी फाइबर सेवालाई थप आकर्षक बनाउन हाल उपलब्ध गराउँदै आएको स्पिडलाई दुई सय ५० प्रतिशतसम्म पुग्नेगरी व्याण्डविथमा बढोत्तरी गरिएको छ । सेवाग्राहीहरूको रुचि र चासो रहेको एनटी फाइबर सेवामा कम्पनीले सहुलियत प्रदान गर्न लागेको हो । यस अफरमा हाल १० एमवीपीएस गतिको इन्टरनेट प्रयोग गरिरहेका सेवाग्राहीले सोही मूल्यमै २५ एमवीपीएस र २० वा ३० एमवीपीएस गतिको इन्टरनेट चलाइरहेका सेवाग्राहीले सोही मूल्यमा ५० एमवीपीएसको सेवा प्रयोग गर्न सक्नेछन् ।
यसैगरी ४० एमवीपीएस गतिको सुविधा प्रयोग गरिरहेका ग्राहकहरूले सोही मूल्यमा अबदेखि १०० एमवीपीएसको सेवा प्राप्त गर्ने कम्पनीले जनाएको छ । हाल ८० एमवीपीएस सेवा लिइरहेकाहरूलाई पुरानै दरमा एक सय ५० एमवीपीएस गतिको सेवा उपलब्ध हुनेछ । यसका साथै हाल उपलब्ध हुँदै आएको फेयर युज पोलिसी लिमिटेडलाई समेत बढोत्तरी गरिएको कम्पनीले जनाएको छ ।
साथै, हाल ३० एमवीपीएस र सोभन्दामाथिको एक वर्षको प्याकेज लिँदा दैनिक तीन सय एमवी डाटा सेवाको सुविधा पनि उपलब्ध हुनेछ । यो सेवा उपयोग गर्नका लागि एनटी फाइबर सेवा लिँदा उपलब्ध गराइएको टेलिकमको मोबाइल नम्बरबाट स्टार१४१६ह्याक्स डायल गर्नुपर्छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर ?
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन बिबादमा टिओडी मिटर गणना गर्न विज्ञ समिति गठन
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया