Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगखाद्य व्यवस्था तथा व्यापार कम्पनीको सल्लेरीको गोदाम रित्तियो

खाद्य व्यवस्था तथा व्यापार कम्पनीको सल्लेरीको गोदाम रित्तियो


महेन्द्र शाही
सोलुखुम्बु, वैशाख २८
कोरोना संक्रमणका कारण सरकारले गरिरहेको लकडाउनको समयमा सल्लेरीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको चामल गोदाम रित्तिएको छ । कम्पनीले ल्याएको जापानिज चामलतर्फ उपभोक्ताको आकर्षण र संस्थानले चामल बिक्रीमा १० प्रतिशत छुट दिएका कारण चामल बिक्री बढेको र अहिले गोदाम नै रित्तिन पुगेको हो । छुट र लकडाउनका कारण बजार बन्द भएकाले पनि स्थानीय कम्पनीमा चामल खरिदका लागि पुग्ने गरेको बताइएको छ ।

लकडाउनभन्दा पहिले फाटफुट मात्र बिक्री हुने चाल अहिले उल्लेख्य मात्रामा बिक्री भइरहेको कम्पनीको सल्लेरी शाखाका प्रमुख शम्भु प्रसाद रेग्मीले जानकारी दिए । ४७ रुपैयाँ प्रतिकिलोमा बिक्रीवितरण हुँदै आएको चामलमा कोरोना प्रभावका कारण छुट दिई ४२ रुपैयाँ ३० पैसामा बिक्री गरिएको उनको भनाई छ ।

गत चैत २७ गतेपछि कम्पनीले सल्लेरीस्थित गोदामबाट २ सय ३१ क्विन्टल चामल वितरण गरेको छ । जब कि चालू आर्थिक वर्षको साउनदेखि चैत २६ गतेसम्म २ सय ५० क्विन्टल चामल बिक्री भएको छ । कम्पनीको सल्लेरी शाखाबाट ७ सय ७१ जनाले चामल खरिद गरेका छन । कम्पनीले ल्याएको जापानिज चामलमा उपभोक्ताको आकर्षण बढेको संस्थानले जनाएको छ ।

कम्पनीको चामल सोलुदूधकुण्ड नगरपालिका क्षेत्रमा बिक्री भएको संस्थानको तथ्यांक रहेको छ । खाद्य संस्थानले सोलुखुम्बुमा जापानिज चामलको साथमा सोना मनसुली चामल बिक्री गर्दै आएको छ । चामल गोदाम रित्तिएको सल्लेरी कार्यालयका लागि २ हजार क्विन्टल, सोताङ डिपोका लागि ५ सय क्विन्टल र लुक्ला डिपोका लागि एक हजार ५ सय क्विन्टल चामल माग गरिएको प्रमुख रेग्मीले जानकारी दिए । यो चामल छिट्टै नै ढुवानी हुने उनको भनाइ छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x