Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगसुकुटेमा नेपालमै पहिलो ह्याममेक केबलकार

सुकुटेमा नेपालमै पहिलो ह्याममेक केबलकार


काठमाडौं । सिन्धुपाल्चोकको सुकुटेमा नेपालमै पहिलो पटक ह्याममेक केबलकार, ३६० डिग्री स्विङलगायत साहसिक खेलका गतिविधिहरू सञ्चालनमा आएका छन् । कम्पनीका अनुसार, स्विङमा ३६० डिग्रीमा घुमेर ‘थ्रिल’को अनुभव गर्न सकिनेछ । यस किसिमको स्विङ नेपालमै पहिलो पटक भएको कम्पनीको दाबी छ ।

कम्पनीले भोटेकोसी खोलामाथि दुई सय २० मिटर लामो जिपलाइन पनि सुरु गरेको छ । साथै दुई सय २० मिटर लामो स्काइ रोप साइकल पनि सञ्चालनमा आएको छ । स्काइ रोप साइकलमा एक जना बसेर चलाउने र जोडी नै बसेर चलाउन मिल्ने गरी बनाइएको छ । थ्रिल भ्याली प्रालिले करिब एक करोड रुपैयाँको लगानीमा सुकुटेमा स्विङसहित विभिन्न साहसिक खेलहरू सञ्चालनमा ल्याएको हो । ¥याफ्टिङ व्यवसाय गर्दै आएका महेन्द्र श्रेष्ठ, सम्झना खड्का र राज केसीको लगानीमामा सुकुटेमा थ्रिल भ्याली सुरु गरिएको छ । साहसिक खेलका पारखीहरूका लागि लक्षित गरी कम्पनीले सञ्चालनमा ल्याइएको सञ्चालक श्रेष्ठले जानकारी दिए । कम्पनीले सञ्चालनमा आएको अवसरमा रिसोर्टले आफ्ना ग्राहकहरूका लागि तिहारसम्म विभिन्न छुटको घोषणा गरेको छ ।

कम्पनीका अनुसार, स्वीङका लागि तीन सय रुपैयाँ प्रतिव्यक्ति, केबल कारका लागि प्रतिव्यक्ति तीन सय रुपैयाँ, स्काइ साइकलको एक हजार रुपैयाँ प्रतिव्यक्ति तथा डबल स्काइ साइकलको १५ सय रुपैयाँ लाग्नेछ । यस्तै फ्यामिली पिङका लागि दुई सय रुपैयाँ र गुलेली पिङका लागि पनि दुई सय रुपैयाँ शुल्क कायम गरिएको छ । काठमाडौंबाट दोलालघाट सार्वजनिक तथा निजी सवारीसाधनमा सहजै सुकुटे पुग्न सकिन्छ । काठमाडौंबाट ६६ किलोमिटरको दूरीमा सुकुटे रहेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया