Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगउड्डयन र रेल उद्योग स्तरोन्नति गर्दै ह्वावे

उड्डयन र रेल उद्योग स्तरोन्नति गर्दै ह्वावे


काठमाडौं । ह्वावेको डिजिटल र इन्टेलिजेन्स फाउन्डेसनले उड्डयन र रेल उद्योग स्तरोन्नति गर्ने भएको छ । ह्वावेको एभियसन र रेल बियुले हालै तीनवटा विश्वव्यापी शिखर सम्मेलनहरू आयोजना गरको छ । सो सम्मेलनमा कम्पनीले उद्योगको इन्टेलिजेन्स क्षमता बढाउनका लागि आफ्ना उत्कृष्ट अभ्यासहरू छलफल गरेको थियो ।

अपग्रेड गरिएको डिजिटल र इन्टेलिजेन्ट फाउन्डेसन प्रयोग गरेर ह्वावेले विभिन्न प्रकारका उद्योग परिदृश्यहरूमा बहुआयामी सचेतना, सर्वव्यापी जडान र खुला प्लेटफर्महरूमार्फत उड्डयन र रेल क्षेत्रलाई थप विकास गरेको छ । चाइना वेस्ट एयरपोर्ट समूह (सीडब्लूएजी) ले संयुक्तरूपमा व्यापक बौद्धिक रूपान्तरण रणनीति विकास गर्न ह्वावेलाई छनोट गरेको छ । सीडब्लूएजीका डेपुटी जनरल म्यानेजर लिनबिनका अनुसार उनको कम्पनीले ह्वावेको उच्च प्रदर्शन कम्प्युटिङ पावर र ओपन इन्टेलिजेन्ट प्लेटफर्महरू साथै उद्योगका लागि उन्नत एल्गोरिदमहरू प्रयोग गरेर सुरक्षा, सञ्चालन, सेवाहरू र अन्य परिदृश्यहरूको लागि ३५ वटा इन्टेलिजेन्स समाधानहरू सिर्जना गरेको छ ।

हवाई अड्डा सञ्चालनका लागि, डिजिटल र इन्टेलिजेन्ट ग्राउन्ड ह्यान्डलिङ समाधानहरूले उडान, यात्रु र स्रोतहरूको वास्तविक–समय (रियल टाइम) स्थिति साथै तत्काल चेतावनी समेत दिने गर्दछ । तिनीहरूले आवश्यकताअनुसार ग्राउन्ड ह्यान्डलरहरू पठाउन सक्छन् । यी समाधानहरूले ग्राउन्ड व्यवस्थापनको क्षमतालाई २० प्रतिशतले बढाउने र १७ प्रतिशतले समयको बचत समेत गराउने कम्पनीको दाबी छ । त्यसैगरी, स्मार्ट एयरपोर्ट सञ्चालन समाधानहरूले उत्कृष्ट उडान योजनाको मोडेल प्रस्तुत गरेको छ, जसले आपूर्ति–मागमिलान र एआई–सहायता अपरेसन कमान्ड प्राप्त गरेको छ । विकसित प्रविधिहरूले उद्यम डिजिटल रूपान्तरण र स्तरवृद्धि गर्न चुनौती र अवसर दुवै ल्याएका छन् ।

ह्वावेका उपाध्यक्ष र ह्वावेको एभियसन एन्ड रेल बियुका सीईओ लिजुनफेङले ग्लोबल रेलवे शिखर सम्मेलनमा रेलवे उद्योगलाई दक्षता र फाइदाहरू सुनिश्चित गर्न, साथै उच्च–गुणस्तरको विकास कायम राख्न अर्को पुस्ताको मोबाइल सञ्चार प्रणाली आवश्यक रहेको बताए । साथै उनले ह्वावेले रेलवे उद्योगलाई अझ राम्रो सेवा दिन कसरी एआईको प्रयोग गर्न सकिन्छ भन्नेबारे काम गरिरहेको जानकारी दिए । ह्वावेले स्मार्ट रेलवे टीएफडीएस समाधान विकास गर्न हुइटिए टेक्नोलोजीसँग मिलेर तीन बिलियन प्यारामिटरहरू भएको पांगु रेलवे मोडेल प्रयोग गरेको छ । यसले ६७ सवारी साधनका चार सय ३० प्रकारका त्रुटि पहिचान गरेर त्रुटि पहिचानको दर ९९ दशमलव ३ प्रतिशत पु-याएको बताइएको छ ।

ह्वावेको एभियसन एन्ड रेल बियुका सीओओ वाङ गुओयुले ह्वावेले डाटा, कम्प्युटिङ पावर, एल्गोरिथ्म र उद्योग परिनियोजन चुनौतीहरूमा ध्यान केन्द्रित गरेको बताए । उनका अनुसार यसले उद्योगहरूलाई सेन्सिङ, कनेक्टिभिटी र प्लेटफर्म एप्लिकेसन लेयरहरू अपग्रेड गर्न र स्मार्ट विकासलाई बढावा दिन डिजिटल र इन्टेलिजेन्ट फाउण्डेसनलाई थप सुदृढ गर्न प्रेरित गर्छ । ह्वावेको एभियसन एन्ड रेल बियुका उपाध्यक्ष थोमस सुले ह्वावेको अपग्रेड गरिएको अर्बन रेल क्लाउड ३.० इन्टेलिजेन्ट स्वायत्त र सहयोगी रहेको बताए । उनका अनुसार यसले सहरी रेल क्लाउड प्लेटफर्म र स्टेसनहरूबीचको तालमेललाई सफल बनाउँछ । यसले सहरी रेल उद्योगको लागि गुणस्तर र दक्षता दुवै सुधार गर्ने उनको भनाइ छ ।

ह्वावेले ठूलो डाटा र एआई एल्गोरिदमहरू प्रयोग गरेर वुहान मेट्रोमा यात्रु ट्राफिकको छोटो अवधिको भविष्यवाणी तथा वास्तविक–समय (रियल टाइम) निगरानीको लागि मद्दत गरेको छ । साथै यसले व्यक्तिगत तथा स्टेसन कर्मचारीहरूलाई यात्रु ट्राफिकको वास्तविक–समय स्थिति र छोटो अवधिको परिवर्तनको अवस्था स्पष्ट गर्नुका साथै ३० मिनेटदेखि केही घण्टासम्मको ठूलो यात्रु ट्राफिकको व्यवस्थापन र निर्देशन समेत तयार गर्दछ । यस्तै ह्वावेले हवाइ र रेल उद्योगहरूमा ग्राहकलाई सेवा दिन साझेदारहरूलाई एकीकृत गर्न जारी राख्नेछ । कम्पनीले इन्टेलिजेन्स स्तरवृद्धिहरूमार्फत उद्योगको विकासलाई बलियो बनाउन, सुरक्षित तथा हरियाली गतिशीलता कायम राख्न, अधिक कुशल यातायात र उच्च–गुणस्तर सेवाहरू सक्षम गर्न प्रतिबद्ध रहेको जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया