Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगएप्पलको ग्राउन्डब्रेकिङ आईफोन १५ सिरिज नेपालमा सार्वजनिक

एप्पलको ग्राउन्डब्रेकिङ आईफोन १५ सिरिज नेपालमा सार्वजनिक


काठमाडौं । नेपालमा एप्पलको लागि एकमात्र आधिकारिक राष्ट्रिय वितरक जेनेरेसन नेक्स्ट कम्युनिकेसन प्राइभेट लिमिटेड (जेनएक्सटी)ले आईफोन १५ सिरिज नेपालमा सार्वजानिक गरेको छ ।

आईफोन १५ सिरिज नेपालमा एक लाख ५७ हजार पाँच सय रुपैयाँदेखि तीन लाख नौ हजार पाँच सय रुपैयाँसम्ममा पाइने कम्पनीले जनाएको छ । आईफोन १५ सिरिजको आधिकारिक लन्चिङको घोषणा गरेसँगै कम्पनीले प्राविधिक अनुभवलाई थप नयाँ आकार दिन सफल भएको उल्लेख गरेको छ । नयाँ एप्पल उपकरणहरू र शीर्ष–स्तरीय सेवाहरू प्रदान गर्ने कम्पनीको अटल प्रतिबद्धता यस ग्राउन्डब्रेकिङ सहकार्यले पूरा गरेको बताइएको छ । आईफोन १५ को मुख्य विशेषताहरू अत्याधुनिक प्रविधि, क्रान्तिकारी क्यामरा प्रणाली, पातलो र आधुनिक डिजाइन रहेको छन् ।

यस्तै कम्पनीले आईफोन १५ सिरिज खरिद गर्नेहरूलाई कम्प्लिमेन्ट्री एक वर्ष विस्तारित वारेन्टी, एक पटकको स्क्रिन प्रतिस्थापन, २०–वाटको एडाप्टर र एनआईएमबी र ग्लोबल आईएमई बैंकसँगको साझेदारीमा शून्य डाउन भुक्तानीका साथ सजिलो ईएमआई विकल्पहरू उपलब्ध गराएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया