Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगओमोडा ५ ईभी नेपालमा अनावरण

ओमोडा ५ ईभी नेपालमा अनावरण


काठमाडौं  । चेरी इन्टरनेसनलले नेपालमा फ्युचरिस्टिक फ्ल्यागसिप भेरियन्ट ओमोडा ५ ईभी लाइभस्ट्रिममार्फत अनावरण गरेको छ । ओमोडाको चिनियाँ टोलीले एक अनलाइन लाइभस्ट्रिम कार्यक्रममार्फत नेपालमा सो ईभीको अनावरण गरेको हो ।

ओमोडाका सीएमओ, लिलियन जिओंग र प्रबन्ध निर्देशक, कायपानद्वारा सञ्चालित लाइभस्ट्रिम कार्यक्रम चीनबाट भएको थियो । कम्पनीले ओमोडा ५ ईभी छिटै नेपालमा भित्र्याउने तयारी समेत थालिसकेको जनाएको छ । चेरी इन्टरनेसनलले विश्वभरका उद्योगमा महत्वपूर्ण प्रगति गरेको उल्लेख गरेको छ । कम्पनीका अनुसार निर्यात मात्रा तीन मिलियन एकाइभन्दा बढी छ । ओमोडाले आफ्नो ‘क्रस’ ट्यागलाइनको अन्तर्गत, एक फेसन–फर्वार्ड, उच्च–प्रविधि, र हरियो छवि प्रदान गर्दछ । ओमोडा ५ ईभीलेलाई कम्पनीले ‘लाइट अफ मुभमेन्ट’ भनेको छ । यसको बाहिरी भागमा स्पोर्टी ‘एक्स’ आकारको फ्रन्ट फेस छ, जुन हावा प्रतिरोधका लागि अनुकूल छ । साथै सही सन्तुलन कायम राख्न गतिशील बडी लाइनहरू पनि छन् ।

यसको पछाडिको भाग (रिअर)ले एक उल्टाएको डिजाइन देखाउँछ, जसले एक अत्यधिक गतिशील स्थिति प्रकट गर्दछ । यस ईभीको मुख्य विशेषताहरूमध्ये एक यसको स्मार्ट हल्का ब्याट्री हो, जसले ब्याट्रीको आयु बढाउने र भीटूएल प्रविधिमार्फत माइलेज दिने गर्दछ । ८१५५ क्वालकम स्मार्ट चिप, १६ प्रकारका एडीएएस सोनी स्पिकर, असिस्टेड ड्राइभिङले सुसज्जित ओमोडा ५ ईभीले भविष्यलाई उपभोक्ताहरूको नजिक ल्याउने कम्पनीको दाबी छ । यो गाडी दुईवटा ब्याट्री विकल्पहरूमा उपलब्ध हुनेछ । ६१ किलोहर्ज ब्याट्री भएको लामो दायरा भेरियन्ट पहिले लन्च गरिने र त्यसपछि ४० किलोहर्ज ब्याट्री रहेको छोटो दायरा भेरियन्ट लन्च गरिने कम्पनीले जनाएको छ ।

यस्तै यसमा मोटर क्षमता विकल्पहरू पनि प्रस्ताव गरिनेछन्, १०० किलोवाटभन्दा कम मोटर क्षमता भएको ईभी सुरुमा ल्याइने र पछि उपभोक्ताको मागमा आधारित रही ठूला मोटर विकल्पहरू पनि थपिने कम्पनीले उल्लेख गरेको छ । चेरी इन्टरनेसनलले नेपालमा आफ्ना पूर्वाधार र सेवा नेटवर्कलाई विस्तार गर्ने योजना बनाएर उपयुक्त ग्राउन्ड क्लियरेन्स राखेर यो गाडी नेपाली सडकको लागि अनुकूल बनाइएको जनाएको छ । नेपालमा एसपीजी अटोमोबाइल्स प्रालि चेरी अटोमोबाइलको अधिकृत वितरक हो । कम्पनीले चीनमा रहेको उत्पादन कारखानाबाट चेरी गाडीहरू आयात गर्दै आएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया