Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनेपालमा हाइगर ब्राण्डका विद्युतीय गाडीहरू सार्वजनिक गर्ने तयारी

नेपालमा हाइगर ब्राण्डका विद्युतीय गाडीहरू सार्वजनिक गर्ने तयारी


काठमाडौं  । शशिला मोटर्स प्रालिले हाइगर ब्रान्डको कमर्सियल विद्युतीय गाडी नेपाल भित्र्याउने भएको छ । सो गाडी नेपालमा ल्याउनका लागि कम्पनीले चाइनिज बस उत्पादक कम्पनी हाइगर बस कम्पनी लिमिटेडसँग सम्झौता गरेको छ ।

हाइगर बस कम्पनी लिमिटेडले विश्वका एक सय ३० भन्दा धेरै देशहरूमा आफ्नो उपस्थिति जनाइसकेको छ । हाइगर ‘चाइनिज फेमस ट्रेडमार्क’ र ‘चाइनिज फेमस ब्रान्ड’को उपाधि प्राप्त गर्न सफल बहुचर्चित तथा सुप्रसिद्ध ब्राण्ड हो । यो सम्झौतासँगै कम्पनी हाइगर भ्यानको नेपालका लागि एकमात्र आधिकारिक वितरक बनेको छ । सुरुमा कम्पनीले १६ सिट क्षमताका इभी मिनी भ्यान र मिनीबस नेपाली बजारमा सार्वजनिक गर्न लागेको जनाएको छ । यी सवारीहरू वातावरणमैत्री तथा ढुवानी व्यवसायका लागि अत्यन्तै उत्कृष्ट हुने र मिनीबस रेन्जहरूमा ग्राहकको पहिलो रोजाइ बन्न सफल हुने कम्पनीका प्रबन्ध निर्देशक सन्तोष खतिवडाको विश्वास छ ।

कम्पनीका अनुसार हाइगर इभी भ्यानमा १६ सिट क्षमता, सिङ्गल चार्जमा २५० किमि रेन्ज, ७० किवा आवर ब्याट्री, कटिङ एज प्रविधियुक्त लिथियम आयन ब्याट्री प्याक, कोलिजन अभोइडेन्स सिस्टम, लेन डिपार्चर वार्निङ तथा एअर ब्याग सिस्टमहरू रहेको छ । यस्तै यसमा यात्रुको सुविधाका लागि एअर कन्डिसनसहित उत्कृष्ट आन्तरिक सजावट छ । कम्पनीका अनुसार यो ईभीमा नेपालको बाटोसुहाउँदो २०० एमएम उचाइ ग्राउन्ड क्लियरेन्स, ९० किवा पावर र ३५० एनएम टर्कसहित उत्कृष्ट तान्ने क्षमता, एलोइ ह्वील र २१५ आर ७५ टायर साइज, १६ पीआर रहेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया