Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगअनलाइन डेलिभरीका लागि फेब बड

अनलाइन डेलिभरीका लागि फेब बड


काठमाडौं । अनलाइन डेलिभरी प्लेटफर्म फेब बड सञ्चालनमा आएको छ । हाल बजारमा देखिएको डेलिभरी समस्यालाई छिटो, छरितो र भरपर्दाे बनाउन फेब बड सञ्चालनमा आएको हो ।

यस डेलिभरी सर्भिसमार्फत व्यवसायीले सही समयमा तोकेकै ठाउँमा आफ्ना ग्राहकहरूलाई भरपर्दो र छिटो सामान पठाउन सक्नेछन् । यस्तै, ग्राहकहरूले पनि आफूले भनेकै समयमा डेलिभरी लिई फेब बडको सर्भिसको लाभ लिनसक्ने बताइएको छ । फेब बड एक हाइपरलोकल डेलिभरी प्लेटफर्म हो, जहाँ उपत्यकाभर विभिन्न सरसामानको डेलिभरी गरिन्छ । यस प्लेटफर्मले कुनै पनि समयमा पिकअप, तत्काल वितरण, किफायती वितरण शुल्क र उही दिन क्यास अन डेलिभरीलगायत विभिन्न सेवा प्रदान गर्ने कम्पनीले जनाएको छ ।

फेब बड प्रयोग गर्नको एकदमै सजिलो रहेको कम्पनीले जनाएको छ । यसका लागि प्लेस्टोरबाट फेब बड एप डाउनलोड गरी खाता दर्ता गर्नुपर्नेछ । खाता दर्ता गरेपश्चात् आफूलाई पायक पर्ने सेवाहरू चयन गरी सेवा लिन सकिने कम्पनीले जनाएको छ । यसका साथै यदि डेलिभरीमा केही नगद छ भने, फेब बड सवारले सो रकम संकलन गरेर इसेवा, खल्ती, बैंकलगायत अन्य विभिन्न सेवाहरूमा एकै दिनमा रकम स्थानान्तरण गर्नेछ । यसको मुख्य विशेषता नै फास्ट डेलिभरी, ट्राकिङ, वितरण अनुसूची हेर्न मिल्ने, कोड सेवा, डेलिभरी समयमा चालकसँग कुराकानी गर्न मिल्ने, डेलिभरीमा लागेको समय रेखा हेर्न सकिने र यस एपमार्फत प्रत्यक्ष अर्डर गर्न सकिनेछ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया