Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगसुरक्षा मापदण्ड अपनाएर वर्कशप खोल्न नाडाको आग्रह

सुरक्षा मापदण्ड अपनाएर वर्कशप खोल्न नाडाको आग्रह


काठमाडौं, वैशाख २९
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले सुरक्षा मापदण्ड अपनाएर मात्रै अटोमोबाइल वर्कशप खोल्न व्यवसायीहरुलाई आग्रह गरेको छ । विश्वव्यापी रुपमा बढ्दो कोरोना भाइरस नियन्त्रण गर्न सरकारले लकडाउन गरे पनि गत बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले कुल ४४ किसिमका उद्योग र व्यवसायहरु खोल्न दिने निर्णय गरेको छ ।

आवश्यक सामान ढुवानी गर्ने एम्बुलेन्स लगायत प्रहरी, सुरक्षाकर्मी तथा स्वास्थकर्मीका सवारी साधनहरु मर्मतका लागि अति आवश्यक हुने वर्कशप, सर्भिसिङ सेण्टर र त्यसका लागि स्पेयर पार्टसहरु समेत आवश्यक हुने र त्यसको डेलिभरी गर्नुपर्ने भएकोले नाडाले आफूअन्तर्गतका सम्पूर्ण कम्पनी प्रतिष्ठानहरुलाई सुरक्षा मापदण्ड अपनाएर मात्रै सञ्चालन गर्न आग्रह गरेको हो ।

उद्योग व्यवसाय, वर्कशप, सर्भिस सेण्टर र स्पेयर पार्टस लगायत टायरट्युब, लुब्रिकेण्ट्स र ब्याट्रीहरु डेलिभरी गर्दा नाडाबाट जारी गरिएको गाइडलाइनलाई अनिवार्य रुपमा पालना गर्न नाडाले आग्रह गरेको छ । नाडाले खाना, खाजा र चिया सम्भव भएसम्म घरबाटै ल्याउन, पैसा, चेक, कागजपत्र लगायतका लेनदेनमा तथा कुनै पनि सामान वा वस्तु छुँदा पञ्जाको प्रयोग गर्न, सामाजिक दूरी कायम गर्न, वर्कशपहरुमा सकेसम्म एसीको प्रयोग नगर्न र अधिकतम रुपमा भेन्टिलेसनको व्यवस्था गर्र्न आग्रह गरेको छ ।

यसैगरी नाडाले वर्कशप, पसल वा अफिसहरुमा सकेसम्म आलोपालो गरेर बस्न, अफिसका ढोका, ह्याण्डिल, वासरुम स्यानिटाइज्ड गर्न, मास्क र पञ्जाको प्रयोग नगरेका ग्राहकलाई प्रवेशमा नै रोक लगाउन, गाडी वाशिङ गर्ने कर्मचारीले हर समय पीपीई लगाउन, कम्तीमा ३ दिनसम्म गोदाममा स्टक राखेर मात्र स्पेयर पार्टस वा अन्य सामानहरु बिक्री गर्न आग्रह गरेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x