एनसेलद्वारा ३५ सय ग्राहकलाई बोनस ब्यालेन्स प्रदान
काठमाडौं । एनसेल आजियाटा लिमिटेडले ‘हरेक दिन सरप्राइज सबैलाई स्योर–प्राइज’ योजना अन्तर्गत ३५ सयभन्दा बढी ग्राहकलाई जनही एक सय रुपैयाँ बोनस ब्यालेन्स प्रदान गरेको छ । एनसेलको १८औँ वार्षिकोत्सवको अवसरमा ‘हामी तपाइँकै लागि’ थिमअन्तर्गत सञ्चालनमा ल्याइएको यो योजनामा ग्राहकहरुलाई यो बोनस ब्यालेन्स प्रदान गरिएको हो ।
गत भदौ ३१ देखि २८ दिनसम्मका लागि यो योजना सञ्चालन गरिएको थियो । यो योजनामा हरेक दिन ग्राहकलाई स्योर प्राइजहरु पनि प्रदान गरिएका थिए । यसरी प्रदान गरिएका उपहारहरुमा निःशुल्क डिजिटल सेवा सदस्यता, ब्यालेन्स, डेटा, टक टाइम र एसएमएस रहेका थिए । दैनिक उपहारबाहेक, प्रत्येक हप्ता अनलाइनमार्फत एनसेलका बारेमा उत्कृष्ट नारा पठाउने ग्राहकहरु एक सय रुपैयाँ बोनस ब्यालेन्सका लागि छानिएका थिए । साप्ताहिकरुपमा बोनस ब्यालेन्स र बम्पर पुरस्कार जित्नका लागि योग्य हुन ग्राहकहरुले एनसेलका बारेमा नारा पठाउन पर्ने सर्त रहेको थियो ।
एनसेलले चाँडै नै सात जना भाग्यशाली बम्पर पुरस्कार विजेता ग्राहकहरुको पनि घोषणा गर्ने जनाएको छ । यो योजनाको बम्पर पुरस्कारको रूपमा सात जना ग्राहकहरुले एक–एक स्कुटर जित्नेछन् । ४५ हजारभन्दा बढी नाराहरु पठाई यो योजनालाई बृहत्रुपमा सफल बनाउन योगदान पु¥याएकोमा एनसेलले आफ्ना ग्राहकहरुलाई हार्दिक कृतज्ञता व्यक्त गरेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर ?
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन बिबादमा टिओडी मिटर गणना गर्न विज्ञ समिति गठन
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया