गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी सुरु
काठमाडौं । फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान)को आयोजनामा १६औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी–२०८० सुरु भएको छ । ‘रोपेर फूल गोदावरी, सजाऔँ घरआँगनवरिपरि’ भन्ने नाराका साथ मंगलबारदेखि सुरु भएको सो प्रदर्शनी शनिबारसम्म चल्नेछ ।
नजिकिँदै गरेको तिहार तथा छठ पर्वलाई लक्षित गर्दै जावलाखेलको खेल मैदान, ललितपुरमा सो प्रदर्शनीको आयोजना गरिएको हो । गोदावरी फूलको व्यावसायिक प्रवद्र्धन गर्न, समयअनुकूल पुष्पको जातीय विकास एवं गुणस्तरीय उत्पादनमा सहयोग पु¥याउन प्रदर्शनी आयोजना गरिएको फ्लोरिकल्चर एसोसिएसन नेपालले जनाएको छ । प्रदर्शनीमा व्यावसायिक स्टल ५५, प्रतियोगितात्मक स्टल र र सूचनामूलक पाँच गरी ६२ वटा प्रदर्शनी कक्ष रहेका छन् ।
यो प्रदर्शनी गोदावरी फूलको प्रतिस्पर्धात्मक प्रदर्शनी समेत रहेकोले गोदावरी फूलको पाँचवटा प्रजातिमा प्रतिस्पर्धा गराई पुरस्कृत गर्ने फ्यानका अध्यक्ष मिनबहादुर तामाङले बताए । प्रतिस्पर्धा हुने गोदावरीको प्रजातिहरूमा १० मिनियचर, २० स्पाईंडर, ३० रिफ्लेक्स, ४० इन्कर्म र ५० गोदावरीको कट फ्लावर प्रजाति रहेका छन् । मेलामा सहभागी भएको नर्सरी व्यवसायीहरूलाई उत्साह थप्नका लागि उत्कृष्ट स्टलतर्फ पनि प्रतिस्पर्धा गराइने बताइएको छ । प्रतिस्पर्धामा प्रथम, दोस्रो, तेस्रो तथा उत्कृष्ट हुने नर्सरी र फर्मलाई सिल्ड, नगद तथा प्रमाण पत्रद्वारा पुरस्कृत गरिनेछ ।
गोदावरी फूलको प्रदर्शनीमा ४० हजारभन्दा बढीले प्रत्यक्ष अवलोकन गर्ने साथै एक करोडभन्दा बढीको व्यावसायिक कारोबार हुने अपेक्षा गरिएको छ । पुष्प विकास केन्द्र सहआयोजक रहेको उक्त प्रदर्शनीमा कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवद्र्धन केन्द्रको सहयोग रहेको छ भने सेवा कोकोपिटले प्रयोजन गरेको छ । यसैगरी कृषि विकास बैंक बैंकिङ साझेदार रहेको एसोसिएनसले जनाएको छ । हाल नेपालमा ४८ जिल्लाको करिब दुई सय २१ हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय भइरहेको फ्यानको तथ्याकं छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर ?
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन बिबादमा टिओडी मिटर गणना गर्न विज्ञ समिति गठन
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया